Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आत्महत्या अत्यधिक

Published on 3:00:00 AM //

गगनशिला खड्का

गुल्मीमा एक वर्षभित्र ३३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १६ देखि ४० वर्ष उमेर समूहका अत्यधिक रहेको प्रहरीले जनाएको छ ।

०६५ साउनदेखि ०६६ असार मसान्तसम्ममा आत्महत्या गर्नेमध्ये १३ जना युवती छन् भने १० जना युवक । ४० वर्षदेखि ७६ वर्षसम्मका १० जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा छ । अघिल्लो वर्ष २१ ज्ानाले आत्महत्या गरेका थिए ।

३२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने तीनजनाले विष पिएर । झुन्डिएर मर्नेको यो संख्या नेपालमै सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले पनि आत्महत्या गरेका छन् । जिल्लाका २५ वटा गाविसबाट आत्महत्या गरेकामध्ये सबैभन्दा बढी वामी गाविसबाट चारजना, अमरपुरगाविसबाट तीन र आपचौर छापहिले, ग्वादीमा दुई/दुईजना र अन्य एक/एकजना रहेका छन् ।

गत वर्षको भदौ महिनामा सबैभन्दा धेरै ६ जनाले आत्महत्या गरेका छन् भने असोज र पुस महिनामा कसैले आत्महत्या नगरेको प्रहरीले जनाएको छ । गरिबी, प्रेममा असफलता र पारिवारिक असन्तुष्टिको कारण धेरैले आत्महत्या गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक माधव भण्डारीले बताए । यसबाहेक अशिक्षा पनि कारक रहेको उनको भनाइ छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग