Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुवाडे र चोरीका सवारी चढ्नेहरू पहिलो निसाना

Published on 2:40:00 AM //

घनश्याम गौतम
तपाई तम्घासको कुनै होटल अथवा कोठामा बसेर जुवातास खेलिरहनु भएको त छैन, कि अबैध यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ, वा चोरीको मोटरर्साईकलमा चढ्दै त हुनुहुन्न - ख्याल गर्नुस है र’ेहात पर्नुहोला प्रहरीको फन्दामा ।
सरकारको विशेष सुरक्षा योजना अर्न्तगत प्रहरीले गुल्मी जिल्लामा पनि र्सतकता अपनाई सकेको छ । सदरमुकाम स्थित केही होटलहरूमा नियमित जुवातास र अनैतिक यौन सर्म्पर्कका क्रियाकलाप हुने जानकारी पाएपछि प्रहरीले ति होटलहरूमा निगरानी शुरू गरिसकेको छ । एक साता अघि कास्कीबाट सरूवा भएर आएका प्रहरी नायव उपरिक्षक पदम सुवेदीले पहिलो चरणमा जिल्लाका सबै चोरीका सवारी साधनको चेक जाँच कडा बनाएर आप\mनो रणनीति र्सार्वजनिक गरेका छन् । साथै होटलहरूमा हुने सबै क्रियाकलापको गोप्य निगरानीका लागि समेत निर्देशन दिईसकेका छन् । यस अगाडीका डिएसपि पितलो स्वभावका भएकाले जिल्लामा गलत परम्परा बस्दै गएको स्थानीयको विश्लेषण छ । त्यस्तै यहाँका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीहरूले पनि अहिले आएको डिएसपिलाई कर्डाईका साथ प्रस्तुत हुन आग्रह गनै गरेका छन् । चोरीका सवारी साधन अब पूण् रूपमा निषेध गरिने सुवेदीको दावी छ । चार दिनको अवधिमा उनले २५ मोटरर्साईकल पक्राउ गरेका थिए । ति मध्ये कागजपत्र ल्याउने १७ छुटिसकेका छन् भने बाूकी ८ ट्राफिक कार्यालयमा राखिएको छ ।
स्रोतका अनुसार होटलहरूमा शुरूमै छापा मार्ने योजनामा भने प्रहरी छैनन् । शुरूमा सचेत गराउने र नियन्त्रण नभए छापा मार्ने योजना छ ।’, प्रहरी स्रोतले भन्यो । जिल्लाको समग्र व्यवस्था र र्सवसाधरणको सुरक्षाका लागि कसरी अगाडी बढ्ने भनेर डिएसपी सुवेदी जिल्लामा आए लगत्तै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, लगायत सबैसंग परामर्श गर्दै अगाडी बढ्ने गरेका छन् । उनले पछिल्लो पटक होटल व्यवसायी र पत्रकारहरूसंग पनि अर्न्तक्रिया गरेका छन् । उनले राती १० बजे भित्रै सबै होटलहरू बन्द गर्न पनि निर्देशन दिएका छन् । होटलहरूमा खेलिने जुवातास र अबैध यौनसर्म्पर्कका क्रियाकलापहरू बन्द गरी सहयोग गर्न समेत व्यवसायीहरूलाई उनले आग्रह गरेका छन् । ँधेरै कडा गर्दै जाने संकेत देखियो’, अर्न्तक्रियामा सहभागी एक होटल व्यवसायीले भने, ँहामीले पनि अनैतिक क्रियाकलापमा सेना र प्रहरीनै बढी संलग्न हुने भएकाले पहिला उनीहरूलाई सच्याउन आग्रह गर्‍यौं ।’ सुवेदीले गलत कार्यहरूको सुचना आफुलाई पनि दिन पत्रकारहरूसंग आग्रह गरे । सबैको सहयोग भएमा छिट्टै र्सवसाधरणलाई फरक अनुभुति गराउने उनको दावी छ ।
प्रहरीको सक्रियतासंगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा र्सवसाधरणले धेरै फरक महसुश गर्न थालिसकेका छन् । व्यवसायीहरूको अर्न्तक्रियापछि होटलमा जुवातास गोप्य हुन थालेको छ । अनैतिक यौन र्सर्म्पकका कार्यपनि क्रमश कमि आउन थालेको छ । चोरीका मोटरर्साईकल गुड्ने कार्य प्रायः ठप्प नै भैसकेको छ । दिनहुू सडकमा पैदल समेत हिड्न नमिल्ने गरी हुूइक्याउने मोटरर्साईकल अहिले औलामा गन्न सकिने गरी मात्र चल्न थालेका छन् । तम्घासका चोक चोकमा प्रहरी परिचालन भएका छन् । प्रहरीहरूको स्वभावमा समेत फरक पन देखिएको छ ।
पहिला सबैसंग घुलमिल गरी हात मिलाउ“दै हिड्ने प्रहरी पनि अहिले आप\mनै सुरमा गस्तिमा हिडिरहेका हुन्छन । प्रहरीलाई कम घुलमिल र अनुसन्धान बढी गर्न निर्देशन छ । ँमोटरर्साईकल देखिनै छोडे’, ट्राफिक कार्यालयका इन्चार्ज डोरबहादुर थापा भन्छन,ँतम्घास त सुनसान जस्तो भैसक्यो ।’ प्रहरी नायव उपरिक्षक पनि यस कार्यलाई अझै कर्डाईका साथ निरन्तरता दिने बताउ“छन् । ँशान्ति सुरक्षा र कानुन पालनाको विषयमा अब कसैले शंका नगरे हुन्छ ।’ उनले विस्तारै सबै क्षेत्रलाई व्यवस्थित गराउ“दै लैजाने बताउ“दै त्यसका लागि सबैको सहयोगको पनि अपेक्षा गरेका छन् । जिल्लाका राजनीतिक दलहरूले पनि प्रहरीको सकारात्मक कार्यको र्समर्थन गरेका छन् । उनीहरूले प्रहरीलाई आवश्यक पर्ने सबै प्रकारको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग