Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाका सबै गाउँमा औषधी अभाव, जीवनजल, सिटामोल समेत छैन

Published on 9:59:00 PM //

घनश्याम गौतम

बर्षा शुरू भए लगत्तै जिल्लाका सबै उपस्वास्थ्य चौकीहरूमा दैनिक रूपमा बढी खपत हुने र झाडापखाला एवं क्षयरोगको अति आवश्यक औषधीहरूको एक महिना देखि अभाव भएको छ ।

बषर्ा शुरू भएलगत्तै झाडापखाला, ज्वरो, टाइफाइड, जण्डिस लगायतका रोगीहरू बढ्ने गर्दछन् । तर तिनै रोगहरूको औषधी एक महिना देखि नभएको स्वास्थ्यकर्मीहरूले बताए । समयमा औषधी नपाएपछि उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूलाई र्सवसारधणले समस्यामा पारेपछि उनीहरूले मंगलबार तम्घासमा पत्रकार सम्मेलन गरी तत्काल औषधी उपलब्ध गर्राईदिन माग गरेका छन् ।

औषधी अभावमा जिल्लाका ग्रामिण क्षेत्रका र्सवसाधरणहरू उपचारबाट बञ्चित भएका छन् । सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेपनि औषधी अभावमा र्सवसाधरणहरू उपचारका लागि हजारौं खर्च गरी अन्य जिल्ला पुग्न बाध्य छन् । जिल्लाका ७९ गाविस मध्ये ७८ गाविसमा सिटामोल र जिवनजल समेत छैन् ।जिल्लाका ६४ उपस्वास्थ्य चौकी १२ स्वास्थ्य चौकी र ४ प्राथमिक स्वास्थ्य चौकीमा प्यारासिटामोल, झाडापखालाका लागि आवश्यक पर्ने जिङ्क चक्की, जिवनजल, क्लोब आयल, एन्टिएलर्जिन, क्लोरोम फेनिकल क्याप्सुल, सिटामोल सिरफ, क्षयरोगका रोगीले दैनिक खानुपर्ने एच.आर.जेड, एच. आर लगायतका औषधीको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिवनजल ९ हजार प्याकेट मात्र स्टोरमा छ ।ँगाउ"मा बसेर सेवा दिन नसक्ने अवस्था भएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउन आएका हौ ।’, नेपाल स्वास्थ्यकर्मी युनियनका जिल्ला अध्यक्ष नारायण अर्याले भने, ँविरामीहरूको संख्या दिनहु" बढ्दो छ, गाउ"मा औषधी एकमहिनादेखि छैन ।अर्यालले उपस्वास्थ्य चौकीहरूमा अझै केही दिन औषधी नआए स्थिति भयाबह हुनसक्छ’, युनियनकै सचिव श्याम सुन्दर पोखरेलले भने, ँगाउ"मा ज्वरो, टाइफाइड, झाडापखालाको समय आएको छ ।अन्य समयको तुलनामा बषर्ायाममा दैनिक ४० जनासम्म विरामी स्वास्थ्यचौकीमा आउने गर्दछन् ।युनियनले पत्रकार सम्मेलन गरी गाउ"मा गर्भवति महिलाले प्रयोग गर्ने आइरन चक्की, प्यारासिटामोल, जिवनजल, लगायतका औषधी एक महिना देखि अभाव भएको जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले भने असार २४ गतेदेखि अहिलेसम्म ३ पटक पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा पठाएको नायवसुब्बा खिमलाल पन्थले बताए । ँमाथीबाट हाम्रो माग नै सुनुवाई भएन ।’, उनले भने ।

सरकारले २०६४ माघ १ गते देखि उपस्वास्थ्य चौकीहरूमा २२, स्वास्थ्य चौकीमा ३२ र जिल्ला अस्पतालमा ५३ प्रकारका औषधी निःशुल्का पाईने घोषणा गरेको थियो । तर सबै औषधी जिल्लामा कहिल्यै नआएको स्वास्थ्यकर्मीहरू बताउ"छन् । ँअहिले त एक दर्ुइ जना मात्र आएका छन्, घरेलु औषधी गर्ने सल्लाह दिने गरेका छौं ।’, हु"गा सब हेल्थपोष्टका अहेव प्रकाश अर्यालले भने, ँबिरामी बढ्दै गएमा तत्काल उपलब्ध गराउनु पर्ने औषधी समेत छैन् ।उनले दैनिक ४० देखि ५० जनासम्म बिरामी ज्वरो, टाइफाइड, झाडापखाला, छाला लगायतका रोगका कारण आउने गरेको बताए । सबै रोगको कुनै औषधी नभएकाले बिरामीलाई स्वास्थ्य शिक्षा दिने गरिएको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग