Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीजका सामान ल्याउन गएकी कमला फर्किनन्

Published on 2:51:00 PM //

गगनशिला खड्का

तीजको सामान ल्याउन बुटवल गएकी एक व्यापारी महिलाको रहस्यमय मृत्यु भएको छ । सदरमुकाम तम्घास पुतलीबजारमा फेन्सी पसल गर्ने ३८ वषर्ीया कमला विश्वकर्माको बुटवलमा शनिबार साँझ मृत्यु भएको हो । बिहान ७ बजे आफ्नो फेन्सी पसलका लागि तीजका सामान किन्न गएकी कमलालाई दुईजना अपरिचित युवाले अचेत अवस्थामा लुम्बिनी अञ्चल अस्पताल पुर्‍याककएका थिए । उनको उपचार नहुँदै मृत्यु भएको अस्पतालले जनाएको छ । परिवारले उनको हत्या भएको आशंका गरी इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गरेको छ । कमला दिनको २ बजे मालिका होटलमा पुगेर काउन्टरमा झोला राख्न दिई सँगै गएकी छिमेकी सीता विष्टकी छोरीलाई आम्दा अस्पतालमा भनर्ा गराउन पुगेकी थिइन् । सीता र उनकी छोरीलाई आम्दा अस्पतालमा छाडेर करिब ४ बजे आम्दाबाट बाहिरिएकी कमलाले बुटवलमा रहेका आफ्ना भाइ कृष्णलाई करिब ४ः३० बजे म रिक्सा चढेर तिम्रो कोठामा आउँदै छु भन्दै फोन गरेकी थिइन् । साँझ ६ः३० बजेसम्म पनि दिदी कोठामा नआएपछि मिलनचोकसम्म खोज्दै जानेक्रममा एक्कासि लुम्बिनी अञ्चल अस्पतालबाट तपाईंको आफन्त यस अस्पतालमा हुनुहुन्छ भनेको मृतकका भाइ कृष्णले बताए । 'दुईजना युवाले दिदीलाई आकस्मिक कक्षमा भर्ना गराउन ल्याएका रहेछन् । डाक्टरले उनीहरूलाई काउन्टरमा गएर टिकट काटेर ल्याउनुहोस् भनी पठाएका रहेछन्, तर उनीहरू अस्पतालको काउन्टरबाटै भागेछन्,' उनले भने । मृतकका श्रीमान् गोरख विश्वकर्माले आफ्नी श्रीमतीको लुटपाटका क्रममा हत्या भएको हुन सक्ने आशंका गर्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही गरिपाऊँ भनी इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठाकुर ज्ञवालीले घटनाको अनुसन्धान गर्ने क्रममा आइतबार मालिका होटलका सञ्चालक पदम थापालाई कार्यालयमा बोलाई सोधपुछ गरी छाडिएको र अनुसन्धान जारी रहेको बताए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग