Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा उद्योग दर्ता गराउनेहरू बढे

Published on 2:08:00 AM //

गुल्मी जिल्लामा आर्थिक वर्ष ०६५/०६६ मा १३० वटा नयाा उद्योग तथा २२७ वटा व्यावसायिक र्फमहरू दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति गुल्मीले दिएको जानकारीअनुसार गत असार मसान्तसम्म १३ वटा उद्योग खारेजीमा परेका छन् ।

समयमा नवीकरण गर्न नआएका कारण त्यस्ता उद्योगहरू खारेजीमा परेका हुन् । विगत वर्षहरूको तुलनामा गतवर्ष जिल्लामा उद्योग र र्फमहरू दर्ता गराउने मानिसको सङ्ख्या बढेको कार्यालयका कर्मचारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगमध्ये ६०० वटा उद्योग चालु अवस्थामा रहेका छन् ।

जिल्लामा दर्ता भएका उद्योगहरूमा कुटाउने पिसाउने मिल, फर्निचर, मैनबत्ती, अगरबत्ती, आदि उद्योगहरू रहेका छन् तर कार्यालयमा बजेटको अभावमा मागअनुसारका तालिमहरू सञ्चालन गर्न समस्या परेको श्रेष्ठले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग