Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एनआरएन फिन्ल्यान्डको प्रथम अधिबेसन सम्पन्न

Published on 3:33:00 AM //

गैर आवाशीय नेपाली संघ(एनआरएन) फिन्ल्यान्डको प्रथम अधिबेशन आज हेल्सिन्किमा सम्पन्न भएको छ । समितिको अध्यक्ष चयन गर्ने क्रममा प्रजातान्त्रिक चुनावी प्रकृया अपनाईेएको थियो।
बिभिन्न पेशा, ब्यवसायमा सङ्लग्न तथा अध्ययनको सिल्सिलामा हाल फिन्ल्यान्डमा बस्नु भएका नेपालीहरुको उत्साह पूर्ण सहभागीतामा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा आफ्ना प्रतिद्वन्दी लीलानाथ सिलवाललाई भारी मतले हराउदै ज्योति प्रकाश खरेल निर्वाचित हुनु भएको छ । त्यसै गरी अन्तरराष्ट्रिय समान्वय परिषद (ICC),फिन्ल्यान्डमा-सुशिल ज्ञवाली निर्बिरोध चयन हुनु भएकोछ भने सदस्य पदमा पनि २० जना निर्वाचित भएका छन । यिनै निर्वाचित २० सदस्यहरु मध्यबाट छिट्टै आन्तरिक रुपमा अन्य बाँकी पदहरु बाडफाड हुनेछ । कुल ३८८ मतदाता मध्य ९३ प्रतिशतले मतदान गरेका थिए । त्यसैगरी मतदान हुलाकमार्फत् पनि गर्न मिल्ने व्यवस्था गरिएको थियो । हुलाकबाट कारीब ३० प्रतिशत मत प्राप्त भएका थिए भने कारीब ७० प्रतिशत मत बुथ मै खसालिएका थिए ।
हेमराज शर्माको अध्यक्षतामा सम्पन्न सभामा पुर्व ICC सदस्य देबिदत्त खरेल, निबर्तमान अध्यक्ष डा शम्भु शाह लगायतले बोल्नुभएको थियो । नेपाली दुतावास, डेन्मार्कले पठाएको शुभकामना सन्देश कार्यक्रम संचालक शिव अर्यालले पढेर सुनाउनुभएको थियो । स्मरणीय छ कि अहिले सम्ममा विश्वका बिभिन्न देसमा रहनुभएका नेपालीहरुले ५२ देसमा एन. आर. एन. गठन भईसकेकोछ र यसले बिदेशी सामुहिक लगानीलाई स्वदेशमा आकर्षण गर्ने, पर्यटन बिकासमा टेवा पुर्याउने,कोष जम्मा गर्ने, नेपालीहरुका पिरमर्कामा सहयोगी लगायतका काम गर्ने लक्ष लिएकोछ ।

निर्वाचित सदस्य हरुको नामावली:
१. कृष्ण भण्डारी
२ बिजेन्द्र न्यौपाने
३ मोहन अर्याल
४ राम प्रसाद अर्याल
५ बेउमा ताम्राकार
६ सुमन खड्का
७ देवीदत्त खरेल
८ प्रतिज्ञा खनाल
९ गोपाल अर्याल
१० अरुण पोख्रेल
११ जीवन खरेल
१२ विश्वाश हमाल
१३ बिनास तिम्सिना
१४ सबिर मोहम्मद
१५ टिका खरेल
१६ लक्ष्मीपती भण्डारी
१७ दिलु सापकोटा
१८ मनोज कुमाल
१९ जगन्नाथ काफ्ले
२० सुदिप भुषण अर्याल

थप पोस्ट र फोटोहरु छिट्टै आउँदैछन, हेर्दाइ गर्नुहोला गुल्मीदर्शन ।

(अरुण कंडेलको सहयोगमा)

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग