Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सबै पसलमा मुल्य सुची, चिनीको मुल्य १० रूपैंयासम्म फरक

Published on 2:46:00 AM //

घनश्याम गौतम
गुल्मी/ बजार मुल्य अनियन्त्रीत हुूदै गएपछि उद्योग वाणिज्य संघले सदरमुकामका सबै पसलमा खाद्यान्नको मुल्य सुची वितरण गरेको छ । संघले सबै पसलहरूलाई मुल्य सुची अनुसार नै विक्रि वितरण गर्न पनि निर्देशन गरेको छ ।
पसल अनुसार फरक फरक मुल्य अनियन्त्रित भएपछि स्थानीय प्रशासनको आग्रहमा संघले मुल्य सुचि वितरण गरेको हो । सबै पसलमा मुल्य सुचि अनिवार्य राख्न पनि संघले आग्रह समेत गरेको छ । स्थानीय प्रशासनले दैनिक उपभोग्य सबै बस्तुमा मुल्य सुचि राख्न आग्रह गरेको भएपनि संघले भने खाध्यान्नका २७ र ग्यास गरी २८ बस्तुमा मुल्य सुचि राखेको छ ।
संघले उपलब्ध गराएको मुल्य सुचिमा ७ प्रकारका चामल, ८ प्रकारका दाल, ४ प्रकारका तेल, मैदा, आटा, सुची, जिरा, आयोनुन र ग्यास सिलिण्डर भरेको मुल्य कायम छ । कतिपय खाद्यान्नको बजार मुल्य भन्दा सुचिको मुल्य बढी छ भने चाड पर्वका बेला सबैभन्दा बढी आवश्यक पर्ने चिनीको मुल्य नै कायम गरिएको छैन् ।
बजारमा भने सबैभन्दा बढी कृतिम अभाव र जथाभावी मुल्य चिनीको छ । तम्घास बजारमा चिनीको मुल्य प्रति के.जी. ५६ देखि ६५ रूपैंया“सम्म छ । संघले भने चिनीको मुल्य उतारचढाव भैरहेकाले सुचीमा उल्लेख गर्न नसकिएको जनाएको छ ।
संघका महासचिव दर्ुगा पाण्डेले चिनीको मुल्य बजारमा अस्थिरता र अभाव भएकोले पनि मुल्य कायम नगरिएको बताए । ँचिनीको मुल्य अहिले तम्घासमा मात्र नभएर बुटवल भैरहवामै अस्थिर छ ।’, उनले भने, ँबजारमै अस्थिर र अभाव भएकाले मुल्य सुचि कायम गर्न समस्या परेको हो ।’ बजार मुल्य भन्दा बढी भएका खाद्यान्नको मुल्य सुचिमा भने उनले पहिला नै ल्याएका र कम गुणस्तरका सामानहरू सस्तो मुल्यमा बेचिएको उनले बताए ।
ँहामिले कम गुणस्तरका सामान विक्रि नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छौं ।’, उनले भने, ँभन्दाभन्दै पनि कसैले कम गुणस्तरका सामान मुल्य सुचि भन्दा कममा विक्रि गरेका हुन सक्छन् ।’ बषर्ाको समयमा सडक अबरूद्ध भएको र बुटवल भैरहवामा सामान अभाव भएको भन्दै व्यवसायीहरूले खाद्यान्न देखि दैनिक उपभोग्य बस्तुहरूको मुल्य चर्को रूपमा बढाएका छन् ।
साता अघि बजारमा ४० रूपैंया प्रति के.जी. पाईने चना अहिले ५२ रूपैंया पुगेको छ । त्यस्तै प्रति के.जी. ५३/५४ मा पाईने चिनी सोमबार सम्ममा ६६ पुगेको उपभोक्ताहरूको गुनासो छ । ँबजारमा सामान किन्नै नसकिनै भैसकेको छ ।’, रेसु·ा बहुमुखकी क्याम्पसकी १२ कक्षाकी विद्यार्थी सुनिता घिमिरेले भनिन । बजार मुल्यको भने अहिलेसम्म अनुगमन भएको छैन ।
प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले भने आफु आएपछि पहिलो पटक मुल्य सुचि राख्न आग्रह गरेको र व्यवसायीहरू सकारात्मक भएर सुचि राखेको बताए । ँशुरूवात राम्रै भएको छ’, उनले भने, ँव्यवसायीलाई एक हप्ताको समय दिईएकोले अब अनुगमन पनि गर्ने हो ।’ त्यसका लागि सबैको सहयोग आवश्यक भएको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग