Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिजमा मनपरी भाडा

Published on 2:41:00 AM //

गुल्मी, ७ भदौ : माइत जान हिँडेकी आँपचौरकी लक्षीमा परियार शनिबार बिहान खैरेनी बजारमा १०/२० रुपैयाँका दरले पैसा उठाइरहेकी थिइन् । साविकको भन्दा दुई गुना पैसा तिर्दा पनि नपुगेपछि उनी सहयोग माग्न बाध्य भएकी हुन् ।

वषर्ात्को समय भन्दै जिपले मनपरी भाडा असुलेकाले हरितालिका तिजमा घर-माइत आवत-जावत गर्ने महिला समस्यामा परेका छन् । जिपले अघिपछिको भन्दा तीन गुना बढी भाडा लिने गरेको उनीहरू बताउँछन् ।

'नजिकैको माइती भएकाले धेरै पैसा बोकिएन,' परियारले भनिन्, 'तर सधैँ तिर्नेभन्दा तीन गुना बढी भाडा तिर्दा पनि जिपवालाले बेइज्जती गर्न लागेपछि बजारमा सहयोग मागेर रकम बुझाएँ ।' बस-ट्रक नहिँडेपछि जिपवालाको मनपरी बढेको र यात्रुले सास्ती खेपेको अस्लेवाका गोपाल पाण्डेले बताए । जिपको महँगो भाडादरका कारण सामान ढुवानीखर्च बढेकाले गाउँमा उपभोग्यवस्तुको मूल्य अकासिएको छ ।

गुल्मीको रुद्रबेणी-खैरेनी सडकमा ३५ रूपैयाँ भाडा रहेकोमा अहिले सय रुपैयाँ, खैरेनी-उल्लीखोलामा २० रुपैयाँको ठाउँमा ५० देखि ८० रुपैयाँसम्म र उल्लीखोलादेखि सोतासम्म ५० रुपैयाँ भाडा हुनुपर्नेमा सय रुपैयाँ लिने गरिएको स्थानीय रामबहादुर कार्कीले बताए । जिपले मनपरी भाडा लिँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

गुल्मी जिप व्यवसायी समितिले पनि क्षेत्र न.ं १ को खैरेनी क्षेत्रमा आफ्नो समितिमा दर्ता नभएका गाडी चलाउने गरेकाले सर्वसाधारणलाई समस्या बताएको छ । जिप समितिका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डेले भने, 'हाम्रो समितिमा दर्ता भएको गाडी हो भने हामी कारबाही गछौर्ं । तर, रातो प्लेटका गाडीले यात्रु बोक्ने र मनपरी भाडा लिने, यसको समाधान गर्ने जिम्मा प्रशासनको हो ।'

जुहाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मोहनबहादुर जिसीले भने त्यस क्षेत्रमा रातो प्लेटका गाडीले यात्रु ओसार-पसार नगरेको दाबी गरेका छन् ।

Source: Naya Patrika

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग