मेरी बास्सैका कलाकार हेर्नेको ओइरो
Published on
11:03:00 PM //
टेलि सिरियल मेरी बास्सैमा खेल्ने कलाकार धुर्मुस माग्ने बुढो र सुन्तली वास्तविक जिवनमा कस्ता होलान - यस क्षेत्रका हजारौं दर्शकको मनमा लागिरहेको यो खुल्दुली शनिवार तम्घासमा पुरा भयो ।
धुर्मुसको नाममा देखिने सिताराम कट्टेल, माग्ने बुढाका भेषमा आउने केदार घिमिरे र सुन्तली बनेकी कुञ्जना घिमिरेले शनिवार तम्घासमा भएको सांस्कृतिक कार्यक्रममा आफ्नो बास्तविक अनुहार मात्र दर्शकलाई दिएनन्, उनीहरुले झण्डै आधा घण्टा १२ हजार भन्दा बढी दर्शकलाई पेट मिचिमिचि हसाए पनि ।लोक एवं दोहोरी गित प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा धुर्मुस माग्ने बुढो र सुन्तलीलाई हेर्न यस क्षेत्रका दुर्गाम गाउँ बस्तिबाट समेत हजारौ मान्छेको ओइरो लागेको थियो । कार्यक्रममा अन्य राष्ट्रिय कलाकारहरुको पनि उपस्थिति थियो । धुर्मुस माग्ने बुढो र सुन्तलीलाई नजिकैबाट हेर्न गाउँबाट युवायुवती, बृद्धबृद्धा र महिलाहरु बढी आएका थिए । गाउँबाट आएका र्सवसाधरण तम्घासमा धुर्मुसहरुको टोली हेर्नकै लागि तिनदिनसम्म बास बसे ।
"टि.भि.मा त सधै देखिन्थ्यो", गुल्मीको पुर्कोटदहबाट धुर्मुसलाई हेर्न आएकी ५१ वषिर्य नरमाया शर्माले भनिन, ँअर्कै होलान भनेको त उस्तै पो रहेछन् ।’ धुर्मुस र सुन्तलीको पहिरन अनि माग्ने बुढाका दात र टोपीले मात्र फरक देखाएको उनले सुनाईन ।
ँमाग्ने बुढोलाई नजिकैबाट हर्ेन मन लागेर आएको ।’, वाग्ला मा.वि.मा कक्षा १० मा पढ्ने धरणीधर पन्थीले भने, ँदर्ुइ दिन तम्घासमै बास बस्नु पर्यो ।’ पन्थी र शर्मा जस्तै बासै बसेर कार्यक्रम हर्ेर्नेको संख्या दर्ुइ हजार बढी थियो ।
स्थानीयहरुका अनुसार तम्घासको चिदिचौरमा शनिवार टिकट किनेर कार्यक्रम हर्ेर्नेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । कलाकारहरुलाई हर्ेन गुल्मी, अर्घर्ाा“ची र बाग्लु·का गाउूहरुबाट समेत दर्शकहरु आएका थिए । शुक्रवार र शनिवार गरी दर्ुइ दिन भएको कार्यक्रममा शनिवार मात्रै १२ हजार टिकट बिक्रि भएको कार्यक्रममा संयोजक सन्तु थापाले बताए ।
टिकट दर ५० रुपैंयामात्र भएकाले र्सवसाधरण धेरैले सहजै हर्ेन पाएका थिए । स्थानीय कलाकारको प्रोत्साहन र यस क्षेत्रका दर्शकहरुको मेरी बास्सैका कलाकारलाई हर्ेर्ने धोको पुरा गर्नका लागि कार्यक्रम आयोजना थापाले बताए । कार्यक्रममा साहित्यकार भेषबहादुर कुूवर र स्थानीय लोक गायक दलबहादुर काउछालाई सम्मान गरिएको थियो ।
मेरी बास्सैका कलाकारका साथमा राष्ट्रिय कलाकारहरु राजु परियार, हेमन्त शर्मा, सिर्जना विरही थापा, राजन ठकुरी, डम्बर नेपाली, स्थानीय बाल कलाकार ममता थापा, सन्तु थापाले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे । बालकलाकार ममताको प्रस्तुती दर्शकले निकै मन पराए । वषर्ातको समयमा ग्रामिण क्षेत्रमा सवारी नचलेका कारण पनि केही दर्शकहरुको संख्या घटेको आयोजकले जनाए ।
स्रोत: नयाँभावना











0 प्रतिकृयाहरु