Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमणिय रेसुङ्गामा बग्दैछन खोला

Published on 4:04:00 PM //

घनश्याम गौतम
गुल्मी/एकै जंगलबाट कति खोला बग्लान ? तपाई भन्नुहोला एक दुई वा आधा दर्जनसम्म । तर होइन, यहाँको एक जंगलबाट अहिले दुई दर्जन भन्दा बढी खोला बगिरहेका छन् भन्दा दंग पर्नुहुन्छ ।
समुन्द्रिय सतहबाट २ हजार ३ सय ३९ मिटर उचाईमा रहेको यहाँको रेसुङ्गा जंगलबाट यति धेरै खोला बग्ने गरेका हुन् । जंगल ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । जैविक विविधता र धार्मिक एवं पर्यटकिय रूपमा समेत महत्वपूर्ण मानिने यो जंगलबाट बर्षाको समयमा तम्घास, जुभुङ, पराल्मी र भाडगाउू क्षेत्रबाट साना र ठुला गरी २३ वटा खोला बग्ने गरेका छन् ।
रिडी तम्घास सडक खण्ड क्षेत्रमा मात्रै अहिले ५ खोला बगिरहेका छन् । उत्कृष्ठ झरना र छहराका रूपमा बगेका ति खोला अति नै रमणिय छन् । बषर्ामा मात्र बढ्ने भएकाले ति खोलाहरूको सिंचाई बाहेक अन्य कुनै उपयोग भने भएको छैन् ।
्कका यस जंगलमा १ सय ६० खानेपानीका मुहान छन् । हिउूदको सुख्खा समयमा पनि यस जंगलबाट ४० भन्दा बढी मुहानबाट पानी बगिरहेको हुन्छ । जडीबुटी, बन्यजन्तु र वातावरणीय रमणियका लागि समेत जंगल निकै नै महत्वपूर्ण छ । जंगलमा एक सय भन्दा बढी प्रजातीका रूखहरू छन् । ँखानेपानी, जडिबुटी, बन्यजन्तु लगायतका सबै क्षेत्रको महत्व उत्तिकै छ ।’, बन कार्यालयका निमित्त प्रमुख कर्ण्र्ााादुर पाण्डेले भने, ँयी सबैको संरक्षण र उपयोग जरूरी छ ।’ पछिल्लो समयमा बन्य जन्तुहरूको चोरी शिकार बढेको
जिल्ला बन कार्यालयका अनुसार रेसुङ्गा जंगल क्षेत्रमा खोला बाहेक एक धार्मिक वन सहित १३ वटा सामुदायीक बन छन् । यसै जंगलको स्रोतका रूपमा रहेका मुहानबाट १४ गाविसमा खानेपानी सुविधा पुगेको छ । जिल्ला विकास समितिको तथ्या
ङ्कमा चिन्ता व्यक्त गर्दै त्यसको संरक्षण र नियन्त्रणका लागि सबै निकाय जिम्मेवार हुन जरूरी रहेको उनले बताए ।
जंगलको जैविक विविधता र बन्य जन्तुहरूको संरक्षण एवं पर्यटकिय विकासका लागि रूरू रेसु·ा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले अहिले काम गरिरहेको छ । उत्कृष्ट पर्यटकिय एवं धार्मिक वनका रूपमा विकास गर्न सकिने यस जंगलमा अहिले धार्मिक स्थलमा गेष्ट हाउस निर्माण, सडक, पुराना र ऐतिहासिक सम्पदाहरूको संरक्षण लगायतका कामहरू भैरहेको समितिका कार्यकारी निर्देशक अर्जुन आचार्यले बताए । खानेपानीको मुहानहरूको संरक्षण र बगेर खेर जाने पानीको उपयोगका लागि पनि आवश्यक तयारी भैरहेको उनले बताए ।

जंगलबाट अर्खले गाविस हुूदै बग्ने मजे· खोलो, जुभु· र बलिथुम गाविसको बिचबाट बग्ने डल्ली खोलो, जुभुङ, गौडाकोट, पल्लीकोट हुँदै बग्ने सिस्ने खोलो, सदरमुकाम तम्घास हुँदै बग्ने रैदी खोलो र बलिथुम र पराल्मी गाविस हुँदै बग्ने टेक्वा खोलो सबैभन्दा ठुला खोला हुन् । १ हजार ५ सय मिटर उचाईबाट बग्ने यी खोला सिंचाईका लागि बाहेक अन्य कुनै क्षेत्रमा उपयोग हुन सकेका छैनन् ।
रेसुङ्गा क्षेत्रमा सम्पूर्ण हिन्दु धर्मका नदिनाला र तिर्थस्थलहरूको पानी राखिएको पोखरी समेत भएकाले यस क्षेत्रबाट बाग्ने खोलाहरूमा स्नान गरेमा पवित्र हुने मान्यता समेत रहूदै आएको छ ।

रेसुङ्गा जंगल रतुवा मृग, खरायो, चितुवा, कालिज लगायतका चराचुरुङ्गिहरुको बासस्थल पनि हो । रेसुङ्गामा झण्डै ३ सयको संख्यामा रातो मृग रहेको अनुमान विज्ञहरूको छ । तर पछिल्ला वर्षरूमा चोरी शिकार बढेकाले मृगहरूको संख्या घट्दो क्रममा छ । त्यस्तै यस क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृखलाहरू पनि सजिलै देख्न सकिन्छ ।

फोटो: गुल्मी अन्लाईन

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग