Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पनि ब्लड बैंक

Published on 5:40:00 PM //


गुल्मीमा पहिलोपटक ब्लड बैंकको स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्ला अस्पताल तम्घासमा यो सेवा उपलब्ध गराइएको हो । बैंकको एक कार्यक्रमका बीच निक साइमन्स इन्स्िटच्युटका संस्थापक जिम्स साइमन्स र मरलिन साइमन्सले उद्घाटन गरेका थिए ।
रगतको अभावमा बिरामीको ज्यान जाने खतराबाट बचाउन बैंकको स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष शशी पन्थीले बताए । विशेषगरी तम्घास अस्पतालमा सुत्केरी महिलालाई अप्रेसनको समयमा रगत अभाव भएर मृत्यु हुनुपर्ने अवस्था अन्त्य भएको उनले बताए । निक साइमन्स इन्स्िटच्युटलेे ब्लड बैंकका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग