Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिनल्याण्डमा धुमधाम दशैं मनाइयो

Published on 1:38:00 AM //



बिजया दशमी २०६६को अवसर पारेर नेपाल-फिन्ल्यान्ड समाज, फिन्ल्यान्डले हेल्सिन्किमा एक सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ । वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ हिजो सम्पन्न सो कार्यक्रममा फिन्ल्यान्डमा रहेका नेपाली समुदायका साथसाथै फिन्निश नागरिक समेतको उपस्थीति थियो ।

हेल्सिन्की स्थित पुओतिलामा आयोजना गरीएको सो कार्यक्रममा करीब ३०० नेपालीहरु तथा केहि फिन्निस नागरिकहरुको पनि उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष देवीदत्त शर्माले स्वागत मन्तब्यका साथ बिजया दशमि २०६६ को शुभकामना दिई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । शर्माले संस्थाको तर्फबाट शुभकामना दिंदै फिन्ल्यान्डबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउन सबैजना प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो ।  
साथै उहाले बिदेशमा रहेर पनि नेपालीहरुको चाड बडादशै यसरी एक भएर मनाउनु सुखद भएको र आफनोपन, संस्कृति र परम्परा भुल्न नहुने कुरामा जोड दिनु भयो । सस्ंकृति र पराम्परा नै हाम्रा पहिचान हुन् भन्दै दशै र अन्य चाडवाड पृथ्वीको अर्को धुर्व फिन्ल्याण्डमा रहेर पनि नेपालीहरुले मनाउनु रास्ट्रीय संस्कृतिप्रतिको वफादारिता र रास्ट्र प्रेमको उदाहरण हो भन्नु भयो । संस्कृति र पंरम्परा भुलेऔ भने हामी नेपाली हुनुको र्सार्थकता नरहने कुरा पनि बताउनु भएको थियो । सबैजना आआफ्नै घर तथा मान्यजन र इस्टमित्रहरुको हातबाट टिका ग्रहण गरी कार्यक्रममा उपस्थित भएका थिए । त्यसै गरि कार्यक्रम स्थल मै पनि टिका जमारा थाप्ने क्रम दिनभरी जस्तै चलेको थियो । लोकगायक नबिन भट्टराइ र साथीहरुको स्वागत गीत संगै सुरु भएको कार्यक्रम ज्योति प्रकाश खरेल र र शिव अर्यालले संयुक्त रुपमा सन्चालन गर्नुभएको थियो । सांकृतिक कार्यक्रममा नेपाली पञ्चे बाजा मुख्य आकर्षणको रुपमा रहेको थियो । त्यसै गरी थप आकर्षणको रुपमा रहेको “आधुनिक रामायण” एकाङ्किले पनी दर्शकको ध्यान खिचेको थियो । कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । शुशील गौतमको कमेडी समाचारले उपस्थित दर्शकहरुलाई पेट मिची मिची हसाउन बाध्य बनाएको थियो .  

त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा हेलसिन्की स्थित नेपालि रेस्टुरेन्ट अन्नपुर्ण र सत्कारले संयुक्त रुपमा उपस्थित सबैलाई निशुल्क खानपिनको व्यवस्था गरेका थिए । १२ युरो र ७ युरो प्रवेश शुल्क तोकिएको उक्त कार्यक्रम पौने छ बजेबाट सुरु भई राती ११ बजेसम्म चलेको थियो । । कार्यक्रम पहिलो औपचारिक कार्यक्रम र दोस्रो साँस्कृतिक कार्यक्रम गरी दुर्इ चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा डिनर तथा सांकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग