Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्षाले टहरा र जिप बगायो

Published on 2:48:00 PM //

तिन दिन देखिको बषर्ाका कारण जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा यातायाता ठप्प भएको छ । बाढीले एक दर्जन अस्थायी टहरा र एक सवारी साधन बगाएको छ । 
इलाका प्रहरी कार्यालय रिडीका अनुसार रिडी बजारको बडीघाट खोला किनारमा रहेका अस्थायी टहरा बढीघाट खोलाले बगाएको हो । रिडी खोलाको बगरमा अस्थायी रुपमा फेन्सी पसल गर्ने गरेको ९ वटा टहरा खोलाले बगाएको प्रहरीले जनाएको छ । त्यस्तै भुवाचिदीबाट बुटवल जाूदै गरेको लु.१ ज. १७३४ नम्बरको जिप जुनिया गाविसको डहरले खोलाले बगाई दिएको छ । जिपमा चालक मात्र रहेकाले मानविय क्षति नभएको तर जिप बडीघाट खोलामा डुबेर हराएको स्थानीय पत्रकार हेमलाल भण्डारीले बताए ।
जिप व्यवसायी समितिका अनुसार     जिल्लाको वषर्ाका कारण सदरमुकामबाट     पश्चिम तर्फ जाने अधिकांश सडक र पर्ूर्वी क्षेत्रको शान्तिपुर, फोक्सि·, रिडी वामी टक्सार सडक खण्डमा पनि सवारी साधन चल्न सकेका छैनन् । कतिपय स्थानमा खोला बढेर र धेरै सडकमा पहिरोका कारण आवागमन ठप्प भएको समितिले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग