Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यूवा नीतिको लागी सुझाव संकलन

Published on 2:17:00 AM //


गगनशिला खड्का
सात राजनैतिक दलका युवाहरुद्धारा नयाँ वन्ने संविधानमा युवाहरुको भुमिका संवन्धि सुझाव संकलन कार्यक्रम गुल्मीको तमघासमा शुरु भएको छ ।कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रीय सदस्य छन्दवहादुर पहराईले अव वन्ने संविधानमा युवाहरुका मुद्धा नसमेटिएमा यो संविधान पनि पुर्ण नहुने र मुलुकमा पुन विद्रोह हुन सक्ने वताउनुभएको छ ।
 युवाहरुले सधै भविष्यको वारेमा चिन्ता गर्ने र सोँच्ने हुँदा नेपालको भविष्य सुदृढ पनि युवाहरुवाट मात्र सम्भव हुने उहाँले वताउनुभयो । साथै कार्यक्रममा तरुण दल अर्का केन्द्रीय सदस्य खेलराज पाण्डेले स्वास्थ्य, शिक्षा र रोजगार युवाहरुका मौलिक अधिकारका रुपमा संविधानमा लेखिनुपर्ने र युवाहरुले अव अधिकार माग्ने होईन प्रयोग गर्नुपर्ने वताउनु भएको थियो ।
कार्यक्रममा प्रगतिशील युवा संघका केन्द्रीय सदस्य यमु गैरे, एकीकृत नेकपा माओवादी गुल्मीका युवराज के सी, नेपाली काँग्रेस गुल्मीका श्रीप्रसाद भलामी, नेकपा एमालेका गणेश श्रीपाली, तरुण दल अर्घाखाँचीका अध्यक्ष पिताम्वर खनाल, वाईसीएल गुल्मीका अध्यक्ष ज्ञानवहादुर वुढा, पत्रकार गगनशिला खड्का लगायतले अव बन्ने संविधानमा यूवाहरुको मुद्धालाई ठिक संग सम्बोधन नगरीए मुलुकले निकास नपाउने र आन्दोलनको भावना पनि कदर नहुने बताउनुभयो ।
 आज सम्पन्न दिनसम्म चल्ने सो कार्यक्रममा शिक्षा, स्वास्थ्य, सामाजीक हीत, आर्थिक संलग्नतार विकासमा युवा सहभागीता लगायतका विषयमा छलफल चलिरहेको छ । छलफल पछि निस्कने निस्कर्ष केन्द्रमा पठाईने र यूवा निती निर्माणमा उल्लेख गरीने आयोजकले जनाएको छ । कार्यक्रम तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थीको सभापतित्व, प्रजातान्त्रीक राष्ट्रिय युवा संघ गुल्मीका अध्यक्ष कृष्ण भण्डारीको स्वागत मन्तव्य र प्रगतिशील युवा संघ गुल्मीका संयोजक मेघनाथ अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।



Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग