Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज हंगकंगको दीपावली सांझ ७ सम्पन्न

Published on 6:21:00 PM //



हंगकंगको जोर्डन स्थित ईण्डिया क्लवमा गुल्मी समाज हंगकंग द्धारा दीपावली सांझ ७ भव्य रुपमा सम्पन्न भएको छ। गुल्मी समाज हंगकंगले आफनो स्थापना देखी नै दीपावली सांझ भव्य रुपमा मनाउदै आएको छ। उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष डिल बुढाथोकीमगरले गरेका थिए। दीपावली सांझ कार्यक्रमका प्रमुख अतिथि क्या कुल बहादुर बुढाथोकीमगर रहेका थिए।

अन्य अतिथिहरुमा मगर संघ हंगकंग अध्यक्ष एम बी थापामगर, समाजका संस्थापक संयोजक तिलक गाहामगर, मगर संघका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार नेत्र पहराईमगर, युन लुङ्ग टाउनहलका इन्चार्ज विङ्ग हो, मगर संघ हंगकंगका भू पू उपाध्यक्ष तथा समाजका सल्लाहकार प्रेम गलामीमगर, समाजका सल्लाहकार भरत थापामगर लगायत अन्य तमाम अतिथिहरु रहेका थिए। 

प्रमुख अतिथि क्या कुल बहादुर बुढाथोकीमगर र समाजका अध्यक्षले पानसमा दीप प्रज्जवलन गरी संयुक्त रुपमा दीपावली सांझ ७ कार्यक्रमको विधिवत उदघाटन गरेका थिए। उक्त कार्यक्रममा नेत्र पहराईमगर र भरत थापामगरले शुभकामना मन्तव्य दिएका थिए।
आयोजकहरुले गत बर्षको तुलनामा यो बर्ष गुल्मीबासीको उपस्थिति कम हुने आँकलन गरेता पनि व्यापक रुपमा गुल्मेली र गैर गुल्मेलीहरुको उपस्थिति देखेर आयोजकहरु हौसिएका देखिन्थे। करीब दुईसय जनाको उपस्थिति रहेको उक्त कार्यक्रम देउसी भैलो विविध नृत्य सहित विहान दुई बजे सम्म चलेको थियो। 
दीपावली सांझ ७ कार्यक्रमको संचालन थल श्रीसले गरेका थिए भने उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष पाण्डु श्रीसले स्वागत गरेका थिए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग