Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महासंघका पदाधिकारीमाथि आक्रमण

Published on 12:08:00 AM //

गुल्मी, ५ कात्तिक
नेपाल पत्रकार महासंघ गुल्मीका पदाधीकारीहरूमाथि अर्घाखाँचीको भगवतीको एक समूहले आक्रमण तथा दुव्र्यवहार गरेको छ । मंगलबार राति अर्घाखाँचीबाट र्फकंने क्रममा भगवती गाविस-९ बरालडाँडामा सो समूहको आक्रमणबाट पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष नवराज भुसाल घाइते भएका छन् ।
देउसीभैलोको बाहनामा बीचबाटोमा गाडी रोकेर मादक पदार्थ सेवन गरेका स्थानीय युवाले गाडीबाट तल र्झन लगाएर भुसालमाथि एक्कासि आक्रमण गरेका थिए । महासंघका अन्य पदाधिकारीलाई समेत कुटपिट प्रयास एवं दुव्र्यवहार गरिएको थियो ।
नेपाल पत्रकार महासंघ गुल्मीले आक्रमणको निन्दा गरेको छ । महासंघले आक्रमणमा संलग्न विनोद विक र जितेन्द्र बरालसहितको समूहलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरेको छ ।
Source: Naya Patrika

Tags:

1 comment

  1. "मायालु अर्जुन प्रसाद खनाल "गुल्मेली कान्छो वग्ला ६ गुल्मी डाडाकाचौपारी
    लागु पदार्थ सेबन गरी अनैतिक काम गर्ने लाई कडा भन्दा कडा कार्बाइ हुनुपर्ने र बिना गल्ती कुटिने लाई उपयुक्त छेतिपुर्ती पाउनुपर्ने भन्दै लगुपदार्थ बेच बिखन गर्नेलाई पनि सजाय हुनु पर्ने !

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग