Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिमान्स्थलको सपना अधुरै

Published on 4:55:00 PM //

सिमिचौर गाविस ५ स्थित थालेमाले डाँडामा बिमान्स्थल भन्छ भन्ने थाहा पाएपछी गुल्मेली जनताको खुशीको सिमै रहेन । उनिहरु सोच्दै थिए कि जिल्लामा बिमानस्थल बनेपछी धेरै सुबिधा पाईन्छ भनेर । रेसुङा बिमानस्थल नामाकरण गरिएको उक्त बिमान्स्थल हाल्सम्मा पनि बन्न नसक्दा अल्पत्र परेको छ । हुन त बिमानस्थललाई नामाकरण गरेर केही काम सुरु गरी त्यस आसपासका जनताहरुलाई मुआब्जा दिई अन्यात्रा सारीएको पनि थियो । तर नेताको बोली न के के न गर्छौ भन्दै चर्को भाषण ठोक्दै हिडे तर पछी सबै बिर्सेंर फाइल आफु सँगै केन्द्रमा लगेर थन्काइदिए । फेरी बिमानस्थल निर्माणका लागि सरकारी सहयोग अपुग हुने भए जिल्लाका प्रत्यक गाविस तथा सम्पूर्ण गुल्मेलीहरुले सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए तर पनि अहिलेसम्म सरकारले अहिलेसम्म कुनै काम गर्न नसक्दा गुल्मिबासी निरास भएका हुन । 

२०६७ साल भित्र निर्माण सम्पन्न गर्ने भनिएपनी हाल्सम्म जिविस गुल्मीबाट आर्थिक बर्ष ०६३ ०६४मा १५ लाख र ०६४ ०६५मा १० लाख गरी कुल २५ लाख त्यसैगरी केन्द्रबाट ५० लाख निकासा भएको भनेपनी त्यहा सत्य तथ्य केही थाहा छैन । हाल आएर बिमानस्थलको नाममा १ करोड भन्दा बढी खर्च भाईसक्दा पनि कामको कुनै टुङो देखिएको छैन । आर्थिक बर्ष ६५ ६६ मा न त जिविसले बजेट छुट्टायो न त केन्द्रले नै । न ति चर्का भाषाण ठोक्दै हिंड्नेले नै कही पहल गरे । बिभिन्न चराणमा रकम सङ्कलन गरी यू बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएपनी ५-५ बर्ष बित्दासम्म पनि सम्बन्धित निकायले चासो नदिदा जिल्लाबासिको आशा निराशामा परिणत भएको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग