Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माग्ने होइन त सत्यवती बज्यैसँग बर ?

Published on 4:38:00 PM //

यज्ञमूर्ति तिमिल्सिना
सदा कार्तिक पूणिर्माको अवसरमा भिड हुने पाल्पाको कोलडााडा गाविसको सत्यवती तालमा यही १४, १५ र १६ गते ३ दिने सत्यवती बज्यैसाग बर माग्ने महोत्सव हुने भएको छ ।
किंवदन्ती अनुसार कार्तिक पूणिर्माका दिन स्थानीय एक युवक गोठालो गएको बेला एक्कासी सत्यवती बज्यै प्रकट भइन् रे, उनलाई देखेर युवक डराएपछि बज्यैले आफ्नो बारेमा बताई यदि यो कुरा कसैलाई सुनाएनौ भने तिमीले आटेको सबै पुर्‍याइदिन्छु भनिछन् ।

उक्त कुरा युवकले घरमा गएर बताएछन् त्यसपछि उनको मृत्यु भएछ । त्यसपछि सदाका वर्षमा सत्यवतीमा विशेष मेला लाग्दै आएको छ । सत्यवती तालमा गई जल सेचन वा स्नान गरेमा मनले चिताएको बर पुग्ने जनविश्वास रहेको छ।
यसवर्ष मेलालाई थप व्यवस्थित गर्नुका साथै पर्यटन प्रवर्द्धन र धार्मिक एवम् लोक संस्कृतिको संरक्षण गर्ने हेतुले सो मेलाको आयोजना गरिएको मंगलवार तानसेनमा आयोजित पत्रकार सम्मेलनामा जानकरी दिइयो । पाल्पामा अवस्थित नेपालमै चर्चित दुई तालहरू मध्येको एक सत्वती तालमा तिथी जुरेको बेला भारतको लखनउ देखि लम्विनी, गण्डकी नारायणी र भेरी अञ्चलबाट समेत वर्षेनी लाखौंको संख्यामा भक्तजनहरूले कान नसुन्ने सत्वती बज्यैसाग चर्को आवाजले चिच्याएर बर मागेमा उनले सो बर सुनी पूरा गरिदिन्छिन् भन्ने कंवदन्ती अनुसार बर मागेर र्फकने गर्दछन् । आई आफूले चाहेको बर चिच्याएर माग्ने गर्दछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग