Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राहतमा खाएको कमिसन फिर्ता

Published on 4:04:00 AM //

द्वन्द्वपीडितका लागि आएको राहतमा कमिसन खाने माओवादी कार्यकर्ताले सार्वजनिक माफी मागी कमिसन फिर्ता गरेका छन् ।

राहत उपलब्ध गराउन आफूले सहयोग गरेको भन्दै ३८ हजार कमिसन खाने पौदी प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर केसी र माओवादी कार्यकर्ता पौदीअमराई- ७ का निवर्तमान अध्यक्ष तिलबहादुर बस्नेतले रकम फिर्ता गरेका हुन् ।

उनीहरूले द्वन्द्वकालमा मृत्यु भएका पौदीअमराई-५ का बोमबहादुर घर्तीकी श्रीमती मीना घर्तीले पाएको एक लाख राहतमध्ये ३८ हजार आफैँले लिएका थिए । उनीहरूले आफू राहत लिन आउँदा सहयोग गर्ने बाहना पारी कमिसन खाएको घर्तीले बताइन् ।

'तपाईंको राहत रकम आएको छ भनेर तम्घास सँगै गए,' घर्तीले भनिन्, 'पैसा निकाल्दा खर्च भयो भनेर ६२ हजार मात्रै दिए ।'
कति रकम पाएको हो भन्ने कुरा कसैसँग गरेमा आफूहरूले सबै रकम फिर्ता गरिदिने चेतावनी दिएको पनि उनले बताइन् । 'यत्ति पैसा पाएको हो भनेर कसैसँग भनेमा प्रशासनमा भनेर सबै पैसा फिर्ता गरिदिन्छौँ भनी धम्क्याए,' घर्तीले भनिन् ।

उनले आफ्नो दाजुुसित ६८ हजार मात्रै पाएको बताएपछि मात्र कमिसनको रहस्य खुलेको नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता हरिबहादुर थापाले बताए । घर्तीका दाजुले पौदीअमराई गाविसमा निवेदन दिएपछि गाविस र राजनीतिक दलहरूले छलफल गरेर कमिसनको रकम फिर्ता गराएका हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग