Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कही नभाको जात्रा गुल्मीमा

Published on 8:06:00 PM //

कही नभाको जात्रा हाडिगाउमा भने जस्तो भको छ अहिले गुल्मीका सरकारी कार्यालयहरुमा । जिल्लाका अधिकांश कार्यालयप्रमुखहरूको तिहार अझै सकिएको छैन । तिहार छुट्टीमा गएका उनीहरू अहिलेसम्म कार्यालयमा उपस्थित नभएपछि गाउँ- गाउँबाट कामका लागि आउने सेवाग्राहीलाई समस्या परेको छ ।
हालसम्म तिहार-बिदामा रहेका कार्यालयप्रमुखहरूमा स्थानीय विकास अधिकारी, जिल्ला कृषि विकास कार्यालय, जिल्ला अदालत, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिंचाइ, महिला विकास, कोष तथा लेखा नियन्त्रण कार्यालय र खानेपानी कार्यालयका प्रमुख रहेका छन् ।
स्थानीय विकास अधिकारी रेसुंगा बहुमुखी क्याम्पसको कामका लागि भारतीय राजदूतावासमा गएको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका पाँच अधिकृतमध्ये एकजना योजना अधिकृत मात्र हाजिर भएका छन् ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश काजमा गएपछि मुगु र गुल्मी हेर्नेगरी नयाँ न्यायाधीश आउने जिल्ला अदालतले जनाएको छ । महिला विकास कार्यालयका प्रमुख लामो समयदेखि तालिममा रहेको बताइएको छ ।
सभार: नयाँपत्रीका

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग