Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा गुल्मी विकास बैंक

Published on 3:44:00 PM //

नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृत प्राप्त गुल्मी विकास बैंकले  जिल्लाको सदरमुकाम तम्घासबाट आफ्नो कारोवार प्रारम्भ गरेको छ। यो देशको ७० औं र जिल्लाको दोस्रो विकास बैंक  हो . विकास बैंकका संस्थापकहरुमा रेमिट्यान्स कम्पनी, स्थानीय व्यपारी, प्रतिष्ठित व्यावसायी, बैंकर, टर्ड एकाउन्टेन्टसलगायतका रहेका छन भने संचालक समितिमा बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरु रहेका छन्।
बैंकिङ क्षेत्रमा लगानी गरेका र स्थानीय व्यवसायीको पहलमा सुरु यो बैंकले जिल्लाको कृषि र उद्योग व्यापारमा प्राथमिकता दिने बैंकका कार्यकारी प्रमुख अधिकृत चिरञ्जीवी आचार्यले बताए ।
विकास बैंकले निकट भविष्यमा नै व्यवसायिक संजाल विस्तार गरी गुल्मी जिल्लावासीहरुलाई विभिन्न प्रकारका निक्षेप योजना, कर्जा लगानी, रेमिट्यान्स सेवा प्रदान गर्ने बै‌कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विकास बैंकले आगामी वर्ष पुस मसान्त भित्र सर्वसाधारणलाई शेयर जारी गरी स्थापनाको पहिलो वर्षमा नै लाभांस वितरण गर्ने लक्ष्य लिएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग