Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सबै थोक गर्छन् एक खुट्टाको सहाराबाटै

Published on 2:40:00 PM //

माधव अर्याल/ईकान्तिपुरबाट
उनको एउटा मात्र खुट्टा छ । एउटाको घुडाभन्दा तल छैन । तर, सबै काम गर्छन् भन्दा अपत्यारिलो पनि लाग्न सक्छ । उनले न बैशाखी टेकेर हिड्छन्  न त लठ्ठीको सहारा नै चाहिन्छ ।
दोभान गाविस वडान ३ घोडेबासका नरसिंह भण्डारी मगर नामजस्तै नरसिंह छन् । उनलाई अपांग भनेर कसैले भन्दैनन् । उनी सपांग नै हुन् की भन्ने भान सबैलाई पारिदिन्छन् । ४८ वर्षका भण्डारी मगरले एउटै खुट्टाको माध्यमबाट घांस काट्न, हलगोरु नारेर जोत्ने, खोला तर्छन्, रुखमा समेत चढ्छन् । यति मात्र होईन घरको सबै काम गर्नुका साथै सिकर्मी र डकर्मीको समेत काम गरेर हिड्ने गर्छन् ।

उनी भन्छन् 'एउटै खुट्टाको सहाराले म सबैथोक गर्न सक्छु' उनले एउटै खुट्टाले धेरैवेर सम्म छमछमी नाच्ने समेतगर्छन् । २०१८ सालमा गुल्मीको हुंगामा जन्मेका नरसिंहको आठवर्षको उमेरमा गाउकै कन्याम भिरबाट लडेर खुट्टा भाचिएको हो । बाबुआमासंगै गुल्मीमै बस्ने उनलाई उपचार गर्न तानसेनको मिसन अस्पताल समेत ल्याइएन । 'हामी गरिव परिवारको भएर त होलानी' उनले भने, 'पैसा नभएपछि ल्याएनन् होला उपचार गर्न' यसैको फलस्वरुप उनले एउटा खुट्टा गुमाउनुपरेको बताए ।
गुल्मीमै आफ्नो युवाकाल विताएका नरसिंह घरबाट अंशवण्डा भई छुटिदा एकमाना चामल अंश पाएको दुखद कहानी सुनाउछन् । 'मेरो मेहनतको कमाईवाट अहिले खान पुग्ने भएको छु' उनले भने, 'आफ्नै मेहनतले अहिले दुईछाक खान कसैलाई गुहार्न परेको छैन' सात रोपनी खेत र नगद समेत ढेड लाख जति गाउमै आसामी लगाएको उनलेबताए ।  छोराहरुले नपढेकोमा भने उनलाई चिन्ता छ ।
जेठो छोरोले सानैमा विहे गरेको छ । माहिलो छोरो भारततीर बस्छ भने कान्छो सानै छ । जेठी छोरीको विहेदान सकियो भने कान्छी सानै छ । श्रमती पनि बोल्न सक्दिनन् । 'यस्तैगरि वितेको छ मेरो जिवन' उनले थपे,'भगवानले पनि हामी जस्तालाई सधै दुख मात्र दिदा रहेछन्' उनलाई नजिकबाट चिनेका र उनको बारेमा वृत्तचित्र समेत तयारगरेका दोभान माविका शिक्षक दलबहादुर गुरुङ्ग भन्छन्, 'बडो अचम्म लाग्यो नरसिंहको कार्य हेर्दा त, त्यसैले वृत्तचित्र तयार गर्न मन लाग्यो ।'
स्वार्थी समाज र मेहनत नगर्नेहरुलाई गतिलो सन्देश दिन सक्ने गुरुङ्गले बताए । उनका अनुसार नरसिंहको उदाहरण धेरैलाई मेहनती बनाउन सक्छ । श्रीनगर फिल्मस् प्रालिले तयार गरेको वृत्तचित्र वुटवलमा केही दिन अघि प्रदर्शन गरिएको छ भने पाल्पामा समेत प्रदर्शनको तयारी भएको छ । यसको निर्देशन तथा छायांकन गरेका मनिष पन्तले भने, 'मलाई बडो अचम्म लाग्यो, अपांग पनि गजबले काम गरेको देखे ।' गुरुङ्गका अनुसार यो वृत्तचित्र आठ महिना लगाएर तयार गरिएको हो । वृत्तचित्र बनाउन करिव डेढलाख खर्च भएको उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग