Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एचआईभी संक्रमितका छोराछोरीलाई पर्ढाईमा समस्या

Published on 2:39:00 AM //

घनश्याम गौतम
गुल्मी / एचआईभी संक्रमितहरूले आर्थिक अभावमा आप\mना बालबालिका पर्ढाईबाट बञ्चित भएको गुनासो गरेका छन् । पढाउन नसकेपछि संक्रमितहरूका २ सय भन्दा बढी छोराछोरीको भविश्य समेत अन्धकार भएको छ । संक्रमति भएपछि काम गरेर खान समेत समस्या हुने र अन्य आयआर्जनको स्रोत नभएकाले अधिकांशले छोराछोरीलाई विद्यालय पठाएन नसकिएको गुनासो गरेका हुन् ।
जिल्लामा पहिचान भएका झण्डै १ सय संक्रमितका २८ जना बालबालिकामा संक्रमणको लक्षण देखिएका छन् । उनीहरूले संक्रमित सहित संक्रमणमा नपरेका छोराछोरीको समेत पढ्न नपाएर भविश्य अन्धकार भएको गुनासो गरेका हुन् ।
एचआईभी संक्रमितहरूको नियन्त्रणका लागि काम गरिरहेका गैर सरकारी संस्थाहरूका अनुसार जिल्लामा संक्रमितका छोराछोरीको संख्या २ सय भन्दा बढी छ । आर्थिक अभावले संक्रमणमा परेका र संक्रमण नदेखिएका दुवै बालबालिकाहरू पर्ढाईबाट बञ्चित छन् ।
संक्रमितहरूले आफुहरू समाजमा खुल्न चाहेको भएपनि छोराछोरी विद्यालयमा पढाउन नपाईने हो कि भन्ने चिन्ताले समेत खुल्न चाह“दैनन् । अस्लेवा गाविस-३ कि सुनिता पाण्डे -नाम परिवर्तन) ले आप\mना तिन छोराछोरी आर्थिक अभावकै कारण पर्ढाईबाट बञ्चित भएको बताईन । १२ वषिर्य जेठी छोरीमा परिक्षण गराउ“दा एचआईभी संक्रमित देखिएको र अन्य दर्ुइ छोराछोरीको परिक्षण नगराएको उनले बताईन । ँसबै छोराछोरी स्कुल जाने भैसके’, सुनिताले भनिन, ँतर भएको पैसा आप\mनै उपचारमा सकिएपछि उनीहरूलाई स्कुल पठाउन सकिन ।’ आर्थिक अभावकै कारण जेठी छोरीमा लक्षण देखिएपनि औषधी खुवाउन नसकेको उनले बताईन ।
सुनिता जस्तै वामीकी इन्द्रा काप\mले पनि आप\mनो संक्रमित छोरालाई पढाउन नसकेकोमा चिन्तित छन् । छोराको उमेरका सबै केटाकेटी बोर्डि· पढ्न जा“दा आप\mनो छोरा भने सरकारी विद्यालय जान समेत नसकेको इन्द्राको गुनासो छ । ँन घर छ, न औषधी खुवाउने पैसा’, आप\mनो दश वर्षो छोरालाई विद्यालय पनि पठाउन नसकेको चिन्ता गर्दै उनले भनिन, ँड्रेस र कापी किन्ने पैसा नभएपछि स्कुल पठाउन सकिन ।’ दिनभर मजदुरी गरेर ५० रूपैंया आउने र त्यसले आमा छोरालाई साूझ विहानको छाक र्टार्न ठिक्क हुने उनको भनाई छ । श्रीमानले ८ वर्षअगाडी एड्सकै कारण ज्यान गुमाएपछि उनी परिवारबाट समेत तिरस्कृत छन् । सुनिता र इन्द्रा जस्तै धेरै संक्रमितहरूले आप\mना छोराछोरीको पर्ढाईको व्यवस्था गरिदिन सम्बन्धित संघ संस्थाहरूसंग आग्रह गरेका छन् । बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था भए एचआईभी नियन्त्रणका लागि आफुहरू समाजमा खुलेर लाग्ने उनीहरूको भनाई छ । ँहाम्रा बालबालिको शिक्षा र पालनपोषणका लागि राज्यले जिम्मा लिएमा हामी यसको नियन्त्रणका लागि खुलेर लाग्न सक्छौं ।’, संक्रमित हंसरा गाविसका विष्णु वि.क.ले भने । उनको पनि ७ वषिर्य छोरा संक्रमित छ ।

अस्लेवा गाविस-६ का चिन्तामणी पाण्डेलाई पनि आफु संक्रमित भएपछि ४ छोरी र २ छोरा पढाउन निकै समस्या भएको छ । जिल्लामै औषधी उपलब्ध हुने व्यवस्था नभएकाले आफुसंग भएको पैसा औषधी लिन जाूदा र आउ“दा खर्च हुने गरेकाले छोराछोरीको पर्ढाई र तिनीहरूको पालनपोषणका लागि समस्या भएको उनको भनाई छ । ँभएको पैसा मेरै औषधिमा सकिन्छ ।’, उनले भने ँछोराछोरी कसरी पढाउने ।’ संक्रमित नभएपनि पढाउन नसक्दा उनीहरूको भविश्य समेत अन्धकार भएको उनको गुनासो छ ।
जिल्लामा एचआईभी संक्रमितहरूको नियन्त्रणका लागि काम गरिरहेका राष्ट्रिय ग्रामिण तथा सामुदायीक विकास केन्द्र -नार्डर्ेेमा २५ जना, राष्ट्रिय एचआईभी तथा एड्स महासंघमा ४२ जना र बाग्मती सेवा समाजमा २४ जना गरी ९१ जना संक्रमितहरू सर्म्पर्कमा आएका छन् । समाजमा अझै खुलेर आउने बातावरण नभएकाले ठुलो संख्यामा संक्रमितहरू भएपनि खुलेर आउन नसकेको महासंघकी कार्यक्रम संयोजक रञ्जना र्घर्तीले बताईन ।
नार्डर्ेेा अध्यक्ष रेशम कु“वरले अहिलेसम्म खुलेका संक्रमितहरूका २ सय भन्दा बढी बालबालिका रहेको बताए । ँहाम्रो संस्थामा मात्र संक्रमित बालबालिका एक दर्जन भन्दा बढी छन् ।’ उनले भने । अहिले नियन्त्रणका लागि मात्र प्रयास भैरहेकाले बालबालिकाहरूको क्ष्ँेत्रमा कुनै सहयोगको कार्यक्रम नभएको उनले बताए । बाग्मती सेवा समाजका कार्यक्रम संयोजक विष्णु बेल्बासले पनि बाबु आमा संक्रमित भएकै कारण २ सय भन्दा बढी बालबालिकाको भविश्य अन्धकारमा परेको बताए । ँबालबालिकाको अध्ययन र पालनपोषणको बारेमा राज्यले पनि सोच्नर्ुपर्छ ।’ उनले भने, ँआर्थिक अभावकै कारण संक्रमित भएका र नभएका दुवैको भविश्य खतरामा परेको छ ।’ एचआईभी नियन्त्रणका क्षेत्रमा क्रियाशिल संस्थाहरूले जिल्लामा मात्र १५ वर्षउमेर भित्रका संक्रमित बालबालिकाहरूको संख्या मात्र झण्डै ५० रहेको दावी गरेका छन् । ती कुनै पनि बालबालिकाले एचआईभी नियन्त्रणको औषधी समेत सेवन गर्न पाएका छैनन् ।

Tags:

1 comment

  1. mayalu arjun prasad khanalOctober 26, 2009 at 11:06 AM

    dherai ramro lagyo hunasakchha sayad mapani gulmeli nai bhayarapani & aafno kala parastut garnako nimitta kasaile pani rok na sakdaina teskarayan hami sabaigulmeli haruko parampara jhalkinegari banayako ma thx gulmi pariwar

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग