Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञ सुरु नहुँदै दुई करोड संकलन

Published on 9:22:00 AM //

क्याम्पसको स्तरोन्नतिका लागि रकम जुटाउन गुल्मीको शान्तिपुरमा गर्ने भनिएको महायज्ञ सुरु हुनुअगाडि नै दुई करोड रुपैयाँभन्दा बढी सहयोग राशि संकलन भएको छ ।
शान्तिपुरमा चन्द्रकोट क्याम्पसका निम्ति उदय उच्च मावि शान्तिपुर र चन्दकोट क्याम्पसले संयुक्त रूपमा महायज्ञ आयोजना गरेका हुन् ।
मंसिर ८ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने भनिएको महायज्ञ सुरु हुनु अगाडि नै दुई करोड २५ लाख चन्दाको वचनबद्धता प्राप्त भएको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।

सो क्याम्पस यसै वर्षदेखि सञ्चालनमा आएको हो ।
शान्तिपुर-१ का झपटमान श्रेष्ठले सबैभन्दा बढी दुई लाख २२ हजार र वैकुण्ठमान श्रेष्ठले दुई लाख सहयोग गरेको महायज्ञ सञ्चालन समितिका सचिव श्यामलाल गौतमले बताए ।
८ मंसिरदेखि १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख वाचक १००८ ज्ञानानन्द सरस्वती रहेका छन् ।
यस वर्ष मानविकी संकायमा स्नातक तहको पठनपाठन भइरहेको सो क्याम्पसमा व्यवस्थापन र शिक्षा शास्त्र संकायको कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । अहिले उदय उच्च माविको भवनमा कक्षा सञ्चालन भइरहेकाले महायज्ञ सञ्चालन भइसकेपछि आफ्नै भवन बनाउने तयारी भइरहेको क्याम्पस सञ्चालक समितिले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग