Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारी नचलाएको विरोधमा आन्दोलन

Published on 6:08:00 PM //

लाखौं रकम खर्च गरेर निर्माण गरेको सडकमा सवारी साधन संचालन नगरिदिएपछि पश्चिमी क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी समितिले पश्चिमी क्षेत्रको हुलाके, इश्मा मैदान, ढोकामुख हुूदै कोटकोटेरीसम्म पुग्ने सडकमा बस संचालन नगरेको भन्दै उपभोक्ताले आन्दोलन शुरू गरेका हुन् । समितिले कार्तिक १३ गते देखि रूट परिवर्तन गरी दर्लामचौर हुूदै इश्मा मैदानसम्म बस संचालन गरेको छ ।

उपभोक्ताले २०५१ साल देखि निर्माण शुरू गरेको सडकमा अहिलेसम्म गाविसको ९ लाख, जिविसको ४ लाख, केन्द्रिय बजेट ६ लाख गरी १९ लाख र त्यही बराबरको जनश्रमदान समेत गरी गत वर्षो कार्तिक महिना देखी बस संचालन गरेका थिए । तर समितिले उपभोक्ताको सल्लाह बिना नै रूट परिवर्तन गरेर हजारौं र्सवसाधरणलाई यातायात सेवाबाट बञ्चित गराएको आन्दोलन संर्घष्ा समितिका अध्यक्ष कलानिधी भण्डारीले बताए ।
त्यस क्षेत्रका इश्मारजस्थल, दोहोली, अर्जै, नेटा, दर्लामचौर र अमरपुरका बासिन्दाले समितिलाई पुरानै रूटमा बस संचालन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाउने देखि सवारी साधन संचालनमा रोक लगाउनेसम्मका आन्दोलन गरेका छन् । अँन्दोलनको कार्यक्रम अनुसार आइतवार तम्घास, चौरासी प्यूठान खण्डको मोटरबाटोमा ४ घण्टा यातायात अबरोध गरेका थिए । समयमै माग पुरा नभए त्यस क्षेत्रमा अनिश्चितकालिन सवारी साधन बन्द गर्ने कार्यक्रम रहेको संर्घष्ा समितिका सचिव ज्ञानबहादुर बिष्टले बताए ।
बस समितिका शाखा प्रमुख गणेश थापाले लामो रूट र धेरै जनताले सुविधा पाउने भएकाले रूट परिवर्तन गरिएको बताए । सिधा जाने बाटो छोडेर अहिले घुमाएर सवारी पठाएकाले अब रूट परिवर्तन गर्न नसकिने उनको भनाई छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग