Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीले जित्यो पहिलो श्रीजंगा रनिङ कप फूटबल

Published on 5:13:00 PM //

निर्मल श्रेष्ठ
पहिलोपटक आयोजित श्रीजंगा मेमोरियल रनिङ कप फूटबल प्रतियोगिता गुल्मी फूटबल क्लबले जितेको छ । काउलुन पार्कस्थित सिक्स ए साईड सकर पिचमा आइतबार आयोजित खेलमा गुल्मीले पि्रभे फूटबल क्लबलाई ट्राईब्रेकरमा चारका विरुद्व पँाच गोलले हराएको हो ।


अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाईनल खेलको निर्धारित समयमा दुबै टिम दुई-दुई गोलले बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा पि्रभेका तर्फबाट हिमाल घलेको पेनाल्टी प्रहार गुल्मीका गोलरक्षक रोशन रानाले बचाउ गरेपछि उपाधि गुल्मीको पोल्टामा गएको हो ।

पि्रभेका नरेन लिम्बू र भुपेन लिम्बूका पेनाल्टी प्रहार भने सफल रहे । गुल्मीका खेलाडी ओमनित गुरुङ, नरेश गुरुङ र प्रकाश थापाका पेनाल्टी प्रहारले भने सजिलै नेट चुमेका थिए ।
प्रतियोगितामा सर्वाधिक बाह्र गोल गर्ने पि्रभेका नरेन लिम्बूले बेष्ट स्कोरर र बेष्ट प्लेयर समेतको उपाधि पाए । नरेन थ्री स्टारका पूर्व खेलाडी हुन् । बेष्ट टिमको उपाधि भने सन्डे युनाईटेडले पायो । विजेता र उपविजेतालाई क्रमशः कप सहित नगद पँाच हजार र पैतिस सय हङकङ डलरले पुरस्कृत गरियो । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतिस्पर्धामा सेमिफाईनलमा पुग्ने अन्य दुई टिम एभरेष्ट र हेइ हेइ फूटबल क्लब थिए ।
नेपालका चर्चित फुटबल क्लबहरुबाट खेलिसकेका खेलाडीहरुको सहभागिताले समेत प्रतियोगिता रोचक बन्यो । किरात याक्थुङ चुम्लुङद्वारा आयोजित उक्त एक दिवसीय प्रतियोगिता बिहान दश बजेदेखि राती करिब एघार बजेसम्म चलेको थियो ।
'यहँा बसोबास गर्ने नेपाली फूटबलप्रेमीहरुको प्रत्यक्ष खेल हेर्ने चाहना पुरा गर्न र खेलाडीहरुमा खेल भावना जगाउन प्रतियोगिता आयोजना गरेका हौं,' संयोजक जयकुमार थाक्लुङले भने, 'सबैका प्रोत्साहन पायौं, अर्कोपटक अझ व्यवस्थित ढंगले आयोजना गर्नेछौं । फूटबल खेल हेर्न स्थानीय डीएबी पार्टीका चिनीयाँ नेताहरुलाई समेत निम्त्याईएका थिए । प्रतियोगिता उद्घाटनका अवसरमा हङकङ प्रहरीकोतर्फबाट ब्याण्ड बाजा बजाईनुका साथै लिम्बू जातिको च्याम्ब्रुङ नुत्य प्रस्तुत गरियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग