Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसका लागि साढे तिन करोड संकलन, बेलायतबाट पनि आउने भयो सहयोग

Published on 9:57:00 PM //

चन्द्रकोट क्याम्पस संचालनका लागि शान्तिपुरमा गरिएको महायज्ञमा ३ करोड ६८ लाख रकम संकलन भएको छ ।

यसै वर्षदेखि शुरू भएको क्याम्पस संचालनका लागि क्याम्पस संचालक समिति र उदय उच्च माविले महायज्ञको सोमबार देखि महायज्ञको आयोजना गरेका हुन् । महायज्ञ अर्थ संकलन समितिका संयोजक इन्द्रसिंह खत्रीका अनुसार महायज्ञमा सबैभन्दा बढी विश्व, काूशी र पशुपती श्रेष्ठका परिवारले संयुक्त रूपमा २२ लाखको जग्गा प्रदान गरेका छन् । त्यस्तै बैगुण्ठ, मिमलाल र राजकुमार श्रेष्ठका परिवारले पनि २१ लाख ५० हजार, विष्णु खत्रीले १९ लाख, मुमिश्वर गौतमले ७ लाख सहित ७१ लाख ५० हजार मुल्य बराबरको जग्गा क्याम्पसका लागि दिएको समितिले जनाएको छ ।स्थानीय विश्व श्रेष्ठले ६ लाख मुल्य बराबरको घडेरी क्याम्पसका लागि प्रदान गरेका छन् भने शान्तिपुर १ निवासी बालजंग अर्यालले ५ लाख सहयोग गरेका छन् । त्यसइ गरी हरेवा १ झापक निवासी स्वोर्गिय भला सुबेदार त्रिलोक सिंह थापा (काउचा)को परिवारबाट पनि २ लाख ५० हजार सहयोग गरेका छन ।

दाताले कबोल गरेको २ करोड ९६ लाख नगद रकम मध्ये ६५ लाख ४५ हजार रकम बैंकमा जम्मा भएको छ । अन्य बाूकी रकम तिन किस्ता गरेर दाताले बुझाउने संयोजक खत्रीले बताए । महायज्ञमा १ हजार ८ स्वामी ज्ञानानन्द र विवेकानन्दले प्रवचन दिएका थिए । यज्ञको सोमबार समापन भएको छ । क्याम्पसमा यसै वर्षदेखि व्यवस्थापन र शिक्षा संकायमा अध्ययन भैरहेको छ ।

बेलायतमा पनि सहयोग सन्कलन तिब्र

उता सोही क्याम्पसको सहयोगार्थ यूकेमा पनि चन्दा सन्कलन कार्यलाई तिब्र पारीएको छ । गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष ओम प्रशाद थापा (काउचा) को सम्योजकत्वमा बाजजंग अर्याल, ओम बुढाथोकी तथा राम गलामीको सल्लहमा उदय उच्च माबीका भुपु विद्यार्थीसँग आर्थिक सहयोग सन्कलन गरिएको जानकारी प्राप्त भएको छ । अहिले सम्म कारीब नौ लाख जती सन्कलन भईसकेको र सन्कलन कार्य जारी रहेकोले सहयोग अझ बढ्ने जानकारी अध्यक्ष थापाले दिनुभयो । यूके निवासी गुल्मेलिहरुले यस्ता काममा सहयोग गरेकोमा खुशी ब्याक्त गर्दै आफ्नो गच्छे अनुसार स्वत स्फुर्त रुपमा सहयोग गरे आफ्नो गाउँ ठाउँ र समग्र राष्ट्रको लागि केही गर्न सकिने सम्भावना देखेका छन । एकले थुकी सुकी, सयले थुकी नदी भन्ने नेपाली उक्ती सार्थक भएको बताउदै सम्पूर्ण नेपालीलाई आफ्नो मातृभूमी स्मरण गर्न अनुरोध पनि गरेका छन ।
२००७मा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले स्थापनाको छोटो समयमै धुप्रै उदाहरणिय कार्य गर्न सफल भएको छ । समाजले नेपालका बिभिन्न स्थानहरुका साथै बेलायतमै पनि बिभिन्न सामाजिक कार्यहरुमा सकृय भूमिका खेल्दै आएको छ । गत बर्ष गुल्मीको जोहाङ स्थित बाढी पीडित २ परिवारको पुनर्स्थापनाको लागि सहयोग गरेको थियो । त्यसै गरी केही समय अगाडि बेलायतबासी गुल्मेलिहरुबाट सहयोग सन्कलन गरी एम्बुलेन्स खरिदका लागि रकम पठाएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग