Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेनाद्वारा विद्यालयलाई आर्थिक सहयोग

Published on 8:45:00 PM //

तारा प्रसाद भुसाल
नेपाली सेनाले यहा“का विपन्न समुदायका पा“च विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
सरुवा भएर नार्गाजुन जान लागेको भैरवप्रसाद गणले तिन निर्वाचनका पा“च विद्यालयलाई १ लाख ५ हजार आर्थिक सहयोग गरेको हो । सेनाले निर्वाचन क्षेत्र नं. १ को जनज्योती प्रा.वि. अर्लाङकोट, २ को काब्रेपोखरी मा.वि.लाई ३० हजार, निर्वाचन क्षेत्र नं. ३ को मुलाबारी प्रा.वि. अर्खाबाङ्गलाई २० हजार, कुमारी प्रा.वि. इश्मारजस्थल, २० हजार र देविस्थान प्रा.वि. ह्वाङदीलाई १५ हजार आर्थिक सहयोग गरेको हो ।

उपलब्ध गराएको आर्थिक रकम २२ नं. वाहिनी बुटवलका जर्नेल बिजय विक्रम खड्काले विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा भैरवप्रसाद गणले जिल्लामा रहेर गरेको विकास, सहयोग र जनहितका लागि गरेको कामको प्रशंसा गरेका थिए । गणले यहा“का विभिन्न सडक निर्माण र दैवी प्रकोपका बेला सहयोग पु¥याएको थियो ।
भैरवप्रसाद गणका प्रमुख सेनानी उपेन्द्रजंग कु“वरले गणकै आन्तरिक स्रोतबाट विपन्न समुदायका बालबालिकाले पढ्ने विद्यालय पनि आर्थिक संकटमा परेको देखेपछि आर्थिक सहयोग उपलब्ध गराएको बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग