Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापान जान ५० हजार

Published on 5:49:00 PM //

विश्वकै लागि आकर्षक श्रम गन्तव्य जापानमा प्रशिक्षार्थीका रुपमा जान पचास हजार रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन (जिट्को) मार्फत जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले यो रकम लिन पाउनेछन् । सरकारले नेपाली औद्योगिक प्रशिक्षार्थी सम्बन्धी निर्देशिकालाई आइतबार श्रम तथा यातायात मन्त्रालयले पारित गरेको छ ।

यसमा टिकट खर्च, भिसा शुल्क जोडिएको छैन । यो खर्चमा जापानी पक्षले तोके बमोजिम कामदारको स्वास्थ्उ परीक्षण, पूर्व प्रस्थान, भाषा सँस्कृत सम्बन्धी शुल्क कादारको अनुगमन, बजार व्यवस्थापन खर्च समावेश छन् । यो भन्दा बढी रकम लिए वा दिए भ्रष्टाचार गरे सरह कारबाही हुने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालय स्रोतका अनुसार निर्देशिका जारीसँगै अब म्यानपावर कम्पनीले कामदारको माग ल्याएर वैदेशिक रोजगार बिभागमार्फत पठाउन पाउने छन् । जिट्कोमा आवद्ध उद्योगबाट माग पत्र ल्याएर विभागबाट स्वीकृत गराइ कामदार लैजान पाउने मन्त्रालय स्रोतले बतायो । निर्देशिका १ सय ७१ म्यानपावर र नेपाल उद्योग वाणिज्य महासंघलाई लागू हुनेछ, आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग