Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दौरा सुरुवाल र भादगाउँले टोपी लगाइ रेशम फिरिरी गाउँदा ....

Published on 10:42:00 PM //

"यत्रो भाईयो अहिले सम्म लगाएको थिईन यार दौरासुरुवाल, आज फर्स्ट टाइम.....", साथी सुमनले इस्ट कोटको बाटन लगाँउदै भने । मैले उ तिर हेर्दै भनेँ "मैले पनि आज पहिलो पटक नै लगाँउदै छु, कस्तो कस्तो लगिरहेछ ।"
"अफ्ट्यारो मान्नु पर्दैन दामी सुहाएको छ", पछाडि अड्केको दौराको फेरो मिलाइदिदै लवले भन्यो । ड्रेसिङ रूम मै रहेको ऐना तिरै फर्केर यसो हेरेको ठिकै देखिएको रहेछ । सुमन, बिकेश र म तिनै जना दौरासुरुवाल र टोपी लगाएर स्टल तर्फ लाग्यौँ । त्यतिन्जेल हाम्रो नेपाली स्टल तयार भईसकेको रहेछ । अरु नेपाली साथीहरु पनि Mount Everest, Top of The World, Kathmandu, Nepal जस्ता टेक्स्ट र नेपालको झन्डा,नक्सा अनी सगरमाथा प्रिन्ट भएको टिसर्ट र क्रस खुकुरी अंकित ढाका टोपी लगाइ नेपाली स्टल वरीपरी जम्मा भईसकेका थिए । केही बेरमै लक्ष्मी पनि कालो सारी र ब्लाउजमा चिटिक्क परेर आईहालिन ।






 प्रसङ्ग फिन्ल्यान्डको उत्तरपश्चिममा अवस्थित शहर कोक्कोलाको Central Ostrobothnia University of Applied Sciences मा आयोजित अन्तरराष्ट्रिय साँस्कृतिक प्रदर्शनीको हो । `Getting Global` नाम दीइएको उक्त कार्यक्रममा अफ्रिका, एसिया र यूरोपका बिभिन्न देशबाट त्यहाँ अध्ययन गर्न आएका थुप्रै विद्यार्थीहरुले आफ्नो देशको प्रतिनिधित्व गर्दै आफ्नो सँस्क्रिति झल्काउने स्टलहरु राखेका थिए । सिमित स्रोत र साधनका बाबजुत पनि राम्रै स्टल बनेको थियो हामी नेपालीको । कार्यक्रमका स्टल्हरुमध्यकै उत्कृष्ट स्टल बनेको थियो, नेपाली स्टल । अझ पुरै कार्यक्रमकै मुख्य आकर्षण थियो नेपाली नाचगान ।
जब जोडजोडले मादल ठोक्दै लव र अन्य साथीहरुले "रेशम फिरिरि....."को ताल निकाल्न थाले तब सबै दर्शकहरु नेपाली जमघट तिरै हुत्तिए ।


दौरा सुरुवाल, कालो कोट, कालै पार्टी सुज अनी कम्मरमा खुकुरी भिरी स्टलमा ठाटिएर बसेका साथी सुमन पनि कम्मर मर्काउन थालिहाले । यत्तिकैमा उनलाई साथ दिन बिकेश र लक्ष्मी पनि पुगे कम्मर हल्लाउदै । कम्ती रोचक थिएन उनिहरुको नाच । फेरी गीत पनि राम्रै जमेको थियो । लवले मादल ठोकिरहेका थिए, रघु पनि बाँसुरिमा रेशम फिरिरीको धुन खोज्दै थिए । अरुबेला धोद्रे स्वरले बोल्नेहरुको स्वर त्यतिबेला भने राम्रै खुलेको थियो । सुरुदेखी नै नाच्न थालेका सुमन त एक रत्ती पनि थाकेका थिएनन् । अझ दर्शकहरुको भिड र तालिको गड्गडाहत बढ्दै जाँदा त उनी उठबस नाच्न थालिसकेका थिए । डिस्को संस्कृतिमा हुर्केका यूरोपियनहरुलाई मादल र बाँसुरिको तालमा झुम्न पाएपछी के चाहियो र ? सबै जना थपडी बजाउदै तालमा ताल मिलाइरहेका थिए । कत्ती यूरोपियनहरु त अझ बुझेजसरी नै "लेसम फिलिली....." गुनगुनाइरहेका थिए मादलको तालसँगै । तर मेरै नजिक उभिएर हाम्रो नाच्गानमा सामेल भाईरहेकी बिजनेस डिपार्ट्मेण्ट प्रमुख बिर्गित्ता निएमीले भने छिट्टै टिपिहालिछन क्यारे उनले त सुद्धसँगै "रेशम फिरिरी......" पो गाइदिईन त ।
फोटोहरु पनि राम्रै खिचिए । हुनेहरु क्यामरै बोकेर आएका रहेछन, नहुनेहरु अथवा भएर पनि ल्याउन बिर्सेंकाहरु भने मोबाइलबाटै धमाधम फोटोहरु कैद गरिरहेका थिए । अझ दौरासुरुवाल र सारीमा सजिएकाहरुसँग फोटो खिचाउने क्रम पनि थुप्रै बेरसम्म चलेको थियो ।



म भने घरी नाच्गान तिर त घरी स्टलमा भिजिटरहरुलाई नेपाल सम्बन्धी उनिहरुको जिज्ञासा मेटाउने काम गरिरहेको थिए । दुइवटै कुरा रमाइलो लागिरहेको थियो मलाई । फेरी आफु त परीयो नाच्गानको न पनि थाहा नभएको मान्छे, तै पनि के मान्थ्यो मनले, गुनगुनाएरै छाडियो रेशम फिरिरी । जोसै जोसमा "रेशम फिरिरी....", "रातो र चन्द्र सुर्य....", "गुराँस फुल्यो....", "घाँस काट्ने खुर्केर....", "वीर गोर्खाली...." जस्ता थुप्रै गीत गाईएछ । यसो घडी हेरेको साढे १२ भाईसकेको । १ बजे सकाउनुपर्ने अरु देशहरुको स्टल पनि भिजिट गर्न त त्यसै बाँकी नै थियो । अरु देशको नाच्गान नभएपनी स्टलहरु भने राम्रै सजिएका थिए । नाइजेरिया, घाना, फ्रान्स, बङलादेश, हङ्गेरी, चाइना लगायत अन्य देशको स्टल सर्सर्ती हेरी नसक्दै नेपाली नाचगान बन्द भईसकेको थियो । कार्यक्रम सकिएको धेरै बेर पछीसम्म पनि ब्रिगित्ता निएमी गुनगुनाइरहेकी थिईन रेशम फिरिरी............



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग