Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्पतालमा सुत्केरी हुनेको संख्या दोब्बर वृद्धि

Published on 2:24:00 AM //

घनश्याम गौतम
'सुत्केरी हुन अस्पताल जानै लाग्दा बच्चाको खुट्टा बाहिर निस्कियो, अस्पताल टाढा भएकाले बाँच्छु जस्तो लागेकै थिएन,' जिल्ला अस्पतालमै अप्रेसन गरेर नयाँ जीवन पाएकी दुबीचौर १ की वसन्ती विकले भनिन्, 'डाक्टरले बचाइदिनुभयो, अब अर्को बच्चा जन्माउने प्रयास गर्दिनँ ।'
सातादेखि जिल्ला अस्पतालमा उपचार गराइरहेकी २६ वषर्ीय वसन्ती छोराको आसमा सातौं गर्भ पनि अप्रेसन गरेर पmयाँकेपछि अब अर्को नजन्माउने प्रण गरेकी छन् । वसन्तीका यस अघिका ६ गर्भमध्ये एकछोरी मात्र जीवित छन् । 'तीन गर्भ नजन्मिँदै खेर गए,' उनले भनिन्, 'दुईको जन्मेको एक र तीन दिनमै मृत्यु भयो ।' वसन्तीको छैटौं गर्भ पनि मिसन अस्पताल पाल्पामा अप्रेसन गरेर फालिएको थियो ।

'यसपटक पनि अन्तिम अवस्थामा आएकाले बचाउन सकिएन,' स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तिलक घिमिरेले भने, 'महिला बोल्न नसक्ने, बच्चाको खुट्टा बाहिर निस्केको, रगत बगिरहेको, नाल बाहिर निस्केकोसहितका अन्तिम अवस्था भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।' बच्चा बचाउन नसके पनि तत्कालै अप्रेसन गरेर आमाको ज्यान बचाइएको उनले बताए । अस्पताल विकास समितिले विदेशी संस्था निक साइमन इन्स्िटच्युटको आर्थिक सहयोगमा विशेषज्ञसहितको व्यवस्था गरेपछि वसन्तीजस्ता सयौं महिलाको ज्यान बचेको छ । अस्पतालले वैशाखदेखि महिलाका लागि छुट्टै विशेषज्ञ डाक्टरको व्यवस्था गरेको हो । विशेषज्ञ भएपछि अहिले सुत्केरी हुन र नियमित जाँच गराउन आउनेको संख्या दुई गुनाले बढेको अस्पतालले जनायो ।
अस्पतालका अनुसार अहिले दैनिक सात जनासम्म सुत्केरी हुने गरेका छन् । अस्पतालमा बिहीबार रातिमात्र पाँच जना महिलाले बच्चा जन्माए । डाक्टर घिमिरेका अनुसार सुत्केरी हुनका लागि १५ कोस टाढादेखि आउन थालेका छन् ।
अस्पतालकी नर्स विन्देश्वरी श्रेष्ठका अनुसार साउनदेखि पुस पहिलो सातासम्म २ सय ७४ महिला अस्पतालमा सुत्केरी भएका छन् । तीमध्ये ३२ जनाको अप्रेसन गरिएको छ । विगतको तुलनामा अहिले संख्या दोब्बर पुगेको उनले बताइन् । गत वर्षहरूमा सदरमुकामकै महिलाहरू पनि सुत्केरी हुन पाल्पा, बुटवल पुग्ने गरेकामा यस वर्षदेखि अस्पतालमै आउने गरेको उनले बताइन् । सदरमुकाम तम्घाससँगै यहाँका दुर्गम ग्रामीण क्षेत्रका महिलाहरूसमेत सुत्केरी हुन अस्पतालमै आउने गरेका छन् ।
अस्पतालमा सुत्केरी गराउन बुहारीलाई लिएर आएका मुसिकोट २ का शंकर परियारले सेवासुविधा राम्रो थपिएको बताए ।
'अस्पतालमा पैसा लाग्ला भनेर ऋण खोजेर ल्याएको थिएँ, तर उल्टै पैसा पाएपछि निकै खुसी छु,' परियारले भने ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग