Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात समुहद्धारा विद्यालयमा तोड्फोड्

Published on 3:17:00 AM //

यज्ञमूर्ति तिमिल्सिना
शनिवार राती नचिनेका समूहले गुल्मीको वलिथुम गाविसको एक विद्यालयमा तोड्फोड गरेका छन्। वलिथुम गाविस वार्ड नं. ९, छाप साल्धारामा रहेको शिवशक्ति प्राथमिक विद्यालयमा सो समुहले तोड्फोड् गरेका हुन्। उनीहरूले विद्यालय कार्यालय कक्षको ढोका फोड्नुका साथै कार्यालयमा रहेको दराज समेत तोड्फोड् गरेका छन्। सो समूहले दराजभित्र रहेका विद्यालयका संपुर्ण कागजातहरू वाहिर निकालेर छरपरस्त वनाएर छाडिदिएको विद्यालयले जनाएको छ।

साथै सोही कार्यालयमा राखिएको जाङ्ग पाताल सामुदायिक वन उपभोक्ता समिति वार्ड नं. ९ का सम्पुर्ण कागजातहरु पनि छरपरस्त पारिदिएको छ। कार्यालयको दराजमा पैसा रहेको आशंकामा तोड्फोड भएको हुन सक्ने स्थानीय वासिन्दाले बताएका छन्।
केही दिन यता नचिनेका चार जनाको एक समूह गाउँमा हिडिरहेको उनीहरुको भनाई छ। रातपरेपछि मात्र देखिने उनीहरुले गाउँमा महिलाहरू रहेको घरहरुका ढोका हान्ने, घचेत्ने र चियोचर्चो गर्ने गरेको उनीहरुले वताएका छन्।
यस्तो प्रकारको गातिविधीले गाउँलेहरु निक्कै आतंकित वनेका छन्। सोही घटनालाई लिएर सो क्षेत्रका युवाहरुले सवैलाई चनाखो हुन आग्रह गर्दै रातमा गस्ती गरिने र घटनाको अनुसन्धान जारी राख्ने उनीहरुले जानकारी दिएका छन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग