Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेलीसँगै टोकियोमा कोमलको धमाका

Published on 2:58:00 PM //

चर्चित लोक गायिका कोमल वलीले गुल्मेलीसँग मिलेर जापानको टोकियोमा धमाका मच्चाउने भएकी छिन्। गुल्मेली समाज जापानले नयाँ वर्षसन् २०१० को अवसर पारेर टोकियोमा आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रममा जापानवासी नेपालीमाझ सांगीतिक धमाका मच्चाउन लागेकी हुन्।
टोकियोको व्यावसायिक कार्यक्रम हुने युनिभर्स स्टुडियो हल सिन्जुओकोमा हुने सो कार्यक्रममा कोमलले आफनो लोकप्रिय लोकगीत त पस्कने नै छिन्, साथमा पोखराका चर्चित लोक तथा दोहोरी गायक प्रजापति पराजुलीसँग मिलेर उनले रोचक दोहोरी गीत प्रस्तुत गर्नेछिन्। त्यसै गरी शास्त्रीय नृत्य कलाकार कृष्णभक्त महर्जनले आŠनो कला प्रस्तुत गर्नेछन् भने जापानमा रहेका नेपाली कलाकारहरूको कला प्रस्तुत गरिने कार्यक्रमसमेत रहेको छ। ँप्रजापति र मैले दोहोरीको शुरूआतमा पनि सँगै गाएका थियौं’, कोमलले जापानबाट नेपाल समाचारपत्रसँग भनिन्- ँअहिले जापानमा आएर पनि हामी सँगै गाउँदै छौं।’

प्रजापति र कोमललाई एकै मञ्चमा राखी जापानवासी नेपालीमाझ दोहोरी प्रस्तुत गर्न पाउँदा गुल्मेली समाजका अध्यक्ष बाबुराम भण्डारी दंग छन्। ँप्रजापति र कोमलको जोडीको दोहोरी सुन्न र सुनाउनकै लागि हामीले उहाँहरूलाई जापान निम्त्याएका हौं’, भण्डारीले भने- ँउहाँको यो दोहोरीबाट हामी नेपालमै रहेर रमाइरहेको अनुभूति गर्न सक्छौं।’ कार्यक्रममा झण्डै एक हजार नेपालीको सहभागिता रहने विश्वास उनले व्यक्त गरे।

गुल्मेली समाज जापानमा रहेका सयभन्दा बढी गुल्मेलीहरूको सहभागिता रहेको गैरराजनीतिक संस्था हो। यो समाजले जापानमा रहेका नेपालीहरूलाई पर्ने विभिन्न समस्यामा सहयोग गर्दै आएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग