Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ठगी गर्ने पक्राउ

Published on 2:31:00 PM //

अपाङ्ग र असहाय भएको भन्दै चन्दा माग्दै हिड्ने ठगलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
धुर्कोटबस्तु गाविस-९ घर भै तम्घास बाघमारेमा बस्दै आएका कृष्णबहादुर वि.क.लाई प्रहरीले बुधवार पक्राउ गरेको हो । उनले जिल्ला विकास समितिको गेटमा बसेर जिविसमा चन्दा सहयोग माग्न आउनेलाई चेक आफुले साटिदिने भन्दै चेक लिएर भाग्ने गरेका थिए ।
प्रहरीका अनुसार वाग्ला गाविस-७ का ७ वषिर्य बिक्रम परियारको हात पयाक्चर भएपछि उनको उपचारका लागि जिविसमा सहयोग माग्न पुगेका र जिविसले २ हजार रूपैंयाको चेक दिएपछि बालकको अभिभावक आफु भएको भन्दै चेक लिएर फरार भएका थिए ।

त्यस्तै बुधवार सहयोग माग्न आएका जैसीथोक गाविस-५ का ८ वषिर्य भुवन नेपालीलाई जिविसले दिएको ८ सय रूपैंयाको चेक पनि उनैले आफु अभिभावक भएको भन्दै लिएर भाग्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भुवन नेपालीको चेक लिएर हिड्पछि उनका अभिभावक २दिनदेखि उपचार गराउन पाल्पा जान नसकी तम्घासमै बसेका छन् । भुवनकी आमा धनी नेपालीले आफुहरूले केही पनि नजानेको र मैले काम गरिदिन्छु भन्दै चेक लिएर कृष्ण हिडेपछि आफुहरू अलपत्र परेको बताईन ।
आफुलाई माओवादीको वाइसिएल भएको समेत बताउने कुष्णले जिल्ला प्रशासन कार्यालय सहित विभिन्न गाविसको सहयोग गरिदिनुहुन भन्ने सिफारिस समेत बनाएर तम्घास बजारमा चन्दा संकलन गर्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालयले पक्राउपछि अन्य थप अनुसन्धान भैरहको प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग