Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाजद्वारा खेलाडी र कलाकारलाई सम्मान

Published on 4:07:00 PM //

गुल्मेली सर्म्पर्क समाज रूपन्देहीले विभिन्न विधामा सफल खेलाडी तथा कलाकारहरूलाई बुधबार बुटवलमा सम्मान गरेको छ । ११ औं राष्ट्रिय औद्योगिक पर्रदर्शनी तथा पर्यटन महोत्सवमा खेलाइएको अंचलस्तरीय भलिवल प्रतियोगितामा प्रथम हुन सफल गुल्मेली टिमलार्इर्र्सम्मान गरिएको हो । अंचलस्तरीय कोहीनुर कप भलिवल प्रतियोगितामा प्रथम हुन सफल गुल्मी जिल्लाका खेल संयोजक झक बहादुर मिदुन सहित खेलाडीहरूलाई सम्मान गरिएको हो ।

समाजका कार्यवाहक अध्यक्ष नन्दराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा समाजका सल्लाहकार हर्रि्रसाद कंडेल, न्यू होर्राईजन उच्च माविका प्राचार्य लोकनाथ उपाध्याय, गायक सौगात सायर, गायिका माया लक्ष्मी कुँवर, पत्रकार यमलाल भुसाल, भलिवल खेलका संयोजक झक बहादुर मिदुन, समाजका सल्लाहकार जेपी कंडेल, इश्वरा अर्याल, नारायण प्रसाद पन्त लगायतले कलाकार र खेलाडीहरूलाई सम्मान साथै सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग