Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोराले प्रहार गरेको धारिलो हतियार प्रहारबाट आमा गम्भीर घाइते

Published on 4:39:00 AM //

हीरा कुवँर
सिमिचौर गाविस-९ की ५९ वर्षीया स्थानीय सोमै आफ्नै छोरा भिमबहादुर सोमैले धारिलो हतियार प्रहार गरी आमालाई गम्भीर घाइते बनाएका छन् ।

आमा र छोरा बीच पारिवारिक विषयमा आपसी मनमुटाव भएपछि ०६६ पुस २७ गते बिहान घरनजिकै बाटोमा हँसियाले हानी भीमबहादुरले आफ्नी आमालाई गम्भीर घाइते बनाएका हुन् । पीडितको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते महिलालाई उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएको छ भने घटनापछि पीडक फरार रहेका छन् । फरार युवकलाई स्थानीयवासी र प्रहरीको एक टोलीले खोजी गरिरहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग