Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराऊ

Published on 4:43:00 AM //


हीरा कुवँर

गाविस-३ बाघमारेमा डेरा गरी बस्ने १२ वर्षीया लक्ष्मी परियारको हत्याका आरापी धुर्कोट वस्तु गाविस-९ का १८ वर्षीय चन्द्रबहादुर विकलाई कारबाहीको माग गर्दै जिल्लास्थित महिला अधिकारकर्मीले ०६६ पुस २६ गते जिल्ला प्रहरी कार्यालय घेराऊ गरेका छन् ।

महिलाहरूलाई राज्यले सुरक्षा दिन नसकेको र अपराधीलाई उचित सजाय नदिएकोले जिल्लामा महिला तथा बालिकामाथीका घटनाहरू दिनानुदिन बढ्दै गएको भन्दै उनीहरूले विरोधस्वरुप प्रहरी कार्यालय घेराऊ गरेका हुन् । घेराऊका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीको नियन्त्रणमा केही महिलाहरू सामान्य घाइते भएका छन् ।

चन्द्रबहादुर विकलाई प्रहरीले पुस २५ गते राती गिरफ्तार गरी हिरासतमा राखेको छ । अभियुक्त विकले आफूले बालिकाको बलात्कारपछि हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकार गरिसकेको प्रहरी नायब उपरिक्षक पदमप्रसाद सुवेदीले बताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग