Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ गाउँमा इन्टरनेट

Published on 5:30:00 PM //

घनश्याम गौतम
रहित इन्टरनेट सेवा विस्तार भएपछि यहा“का विकट गाउ“हरुमा इन्टरनेट सुविधा पुगेको छ ।
वर्ड लिड्ढ र बायु डट कमको सहयोगमा रेसुङ्गा नेट प्रा.लि.ले जिल्लामा तार रहित इन्टरनेट सेवा भित्र्याएको हो । सेवा शुरु भएपछि गाउँ गाउँका युवाहरु सुचना र प्रविधिको पहुँचसंगै रोजगारीमा बृद्धि र र्सवसाधरणले गाउँमै बैकिङ्ग सुविधा समेत पाएका छन् । प्रा.लि.का अध्यक्ष श्याम क्षेत्रीका अनुसार जिल्लाका अर्खले, दुविचौर, बलेटक्सार, वामीटक्सार, श्रृङ्गा, बिरबास, शान्तिपुर, खैरेनी, मजुवा, रुपाकोट, मुसिकोट, बडागाउँ, गौडाकोट, धुर्कोट, सिमलटारी लगायतका स्थानमा तार रहित इन्टरनेट सुविधा पुगेको छ ।
इन्टरनेट सेवा संगै गाउँका अधिकांश स्थानमा कम्प्यूटर इन्षिटच्यूट, इन्टरनेट फोन, बैंकिङ्ग सुविधा, लगायतमा र्सवसाधरणको पहुँच बढेको छ । गाउँमै रोजगारीको अवसर पनि बढेको छ । गाउँमा कहिल्यै आउला जस्तो नलागेको इन्टरनेट सेवा आएपछि मेरो आम्दानी नै बढेको छ ।’, वायरलेस इन्टरनेट प्रविधिबाट कम्युनिकेसन संचालन गरेका वामीटक्सारका संजिव कक्षपतिले भने, युवा युवती देखि बृद्धबृद्धासम्म कम्प्यूटरमा आउने गरेका छन् ।’ कक्षपतिले आफुकहाँ सस्तोमा विदेश फोन सहित इमेल इन्टरनेट सम्बन्धि सम्पूर्ण सुविधा उपलब्ध गराउने गरेको बताए ।

इन्टरनेट सुविधा उपलब्ध भएपछि विदेशमा रहेका, गाउँका युवा युवती र बृद्धबृद्धाहरुमा बढी उत्साह थपिएको कक्षपतिले बताए । च्याटमा अनुहार हेरेर कुरा गर्न पाउँदा बुढापाकाहरु पनि दंग पर्ने गरेका छन् ।’, उनले भने । विद्यालय छुट्टि भएपछि उनको क्याफेमा बढी भिड लाग्ने गरेको छ ।
गाउँमा वायरलेस इन्टरनेट प्राविधि भित्रिएपछि गाउँका र्सवसाधारणले गाउँमै बैकिङ्ग सुविधा समेत पाएका छन् । यहाँ स्थापना भएका र्दुइ बिकास बैंकले इन्टरनेट प्रविधिको प्रयोगबाटै शान्तिपुर, वामीटक्सा, मजुवा, खैरेनी, बलेटक्सारमा बैंकका शाखा विस्तार गरेका छन् । इन्टरनेट सुविधा भएपछि गाउँमा शाखा विस्तार गरेका हौं ।’, रेसुङ्गा बिकास बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने, यो प्रविधिले कल्पनै गर्न नसकिने स्थानहरुका र्सवसारधणलाई समेत सुविधा पुर्‍याएको छ ।’ इन्टरनेट सेवा विस्तार भएपछि गाउँमा खुलेका शाखाहरु मार्फत अन्तरबैंकङ्ग·कारोबार सहज भएको श्रेष्ठले बताए । यसले गाउँमा दैनिक लाखौंको रेमिटान्स समेत सजिलै भित्रिएको छ ।’, उनले भने ।
रेसुङ्गा नेट प्रा.लि.ले यहा“संगै अर्घखाँचीका ग्रामिण क्षैत्रमा समेत इन्टरनेट सेवा विस्तार गरेको छ । अर्घखाँचीका भगवती, मरेङ्ग, छत्रगञ्ज, ठुलापोखरा, बल्कोट, केरु·, वाङला लगायतका स्थानहरुमा समेत सेवा विस्तार गरिएको प्रालिले जनाएको छ ।
अध्यक्ष क्षेत्रीका अनुसार पहिलो चरणमा ग्रामिण क्षेत्रमा सेवा विस्तार गरेपछि टेलिसेन्टर स्थापना गरेर र्सवसाधरणको सुचनाको पहुँचलाई अझ नजिक बनाइने छ । गाउँमा एक व्यक्तिले इन्टरनेट जडान गर्न शुरुमा ६ हजार र त्यसपछि मासिक १ हजार ६ सय पचास रुपैंया तिरेपछि अनलिमिटेड सुविधा पाईने गरेको ठुलापोखरामा साइवर क्याफे संचालन गरेका भोजराज भुसालले बताए । मेरो मासिक २० हजारसम्म आम्दानी बढेको छ ।’, उनले भने, गाउँमा इन्टरनेट र सुचना प्राविधि प्रति युवा पुस्ताको चासो बढेको छ ।’

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग