Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुँवामा निसास्सिएर युवकको मृत्यु

Published on 2:19:00 PM //

दुम्सी मार्न सुरुङ्ग भित्र पस्दा शान्तिपुर गाविसमा एक युवकको धुँवामा निसास्सिएर ज्यान गएको छ । 
घटनामा पर्वत जिल्लाको रानीपानी गाविस- ८ घर भई शान्तिपुर गाविसमा बस्दै आएका २५ वषिर्य भिमबहादुर रानाको ज्यान गएको हो । हरेवा गाविसमा रहेको सुरुङ्गमा दैनिक रुपमा दुम्सी बास बस्ने गरेको भन्दै भिमबहादुर सहितका तिन जनाले सुरुङ्ग भित्र पराल र गोबरका गुइठा बालेर दुम्सी खोज्दै भित्र पसेका थिए । 
सुरुङ्ग भित्र पसेका मध्ये रानाको भित्रै ज्यान गएको र अर्का एक युवकको तिन घण्टापछि होस खुलेको चन्द्रकोट इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतक रानाको शव तम्घास जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग