Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्ति समितिमा पन्थी

Published on 1:15:00 PM //

स्थानीय शान्ति समितिको संयोजकमा नेपाली कांग्रेसका उपसभापति शालिक पन्थी चयन भएका छन् ।
तिन ठूला दलले समितिको संयोजक प्रत्येक ६ महिनामा परिवर्तन गर्ने गरी सहमति गरे अनुसार पन्थीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको सदस्य जनार्दन घिमिरेले बताए । समितिमा शुरूमा एमालेबाट कमल श्रेष्ठ र दोस्रो पटकको ९ महिना माओवादीबाट युवराज के.सी. संयोजक बनेका थिए । समितिको सोमबार बसेको बैठकले पन्थीलाई संयोजकको जिम्मेवारी प्रदान गर्दै पुननिर्माण तथा शान्ति मन्त्रालयबाट यस जिल्लामा आएको बजेट र निर्माण भैरहेका पुनसंरचनाहरूको अनुगमन गर्ने निर्णयसमेत गरेको घिमिरेले बताए । संयोजकसंगै बैठकले ९ सदस्य सचिवालय समिति समेत गठन गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग