Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हनिमुन जाने समय नै छैन - झाँक्री

Published on 4:08:00 AM //





प्रस्तुति: नवराज मैनाली 

अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्री ३२ वर्षे उमेरमा हालै विवाह बन्धनमा बाँधिएकी छिन्।
ललितपुर जिविसका योजना अधिकृत पशुपति पुरीसँगको ५ वर्षे गुप्त प्रेमलाई उनले विवाहमा परिणत गरेकी हुन्। प्रस्तुत छ उनै नेतृ झाँक्रीसँगको जम्काभेट:

विवाहको अनुभव कस्तो रह्यो?
– (हाँस्दै...) रमाइलो भयो।
नराइलोचाहिँ केही भएन?
– मैले अपेक्षा गरेका धेरै व्यक्तिहरु विवाहमा आउनु भएन। त्यो चाहिँ नरमाइलो लाग्यो। थाहै छैन किन उहाँहरु मसँग रिसाउनुभयो।
सुहागरातचाहिँ कस्तो रह्यो?
– (लामो हाँसो) स्भाविक हो, सबैको हुन्छ विवाहपछि।
हनिमुन मनाउन कहिले जाने?
– एकदमै व्यस्त कार्यक्रम छ। अहिलेसम्म योजना बनाउन पाएकै छैन। तर जान्छौं होला।
लामो समय प्रेम गरिएछ हैन?
– त्यसै भन्नु पर्ला।
कति वर्ष?
करिब ५/६ वर्ष नै प्रेम गरिएछ।
पहिलो भेट कसरी भयो?
– मेरो एकजना साथी उहाँको साथी हुनुहुँदो रहेछ। बानेश्वरको एउटा क्याफेमा परिचय भएको थियो।
अनि परिचय प्रेम सम्बन्धमा कसरी बदलियो त?
– कहिले कसरी प्रेम सुरु भयो नै थाहा छैन।
के कुराले उहाँप्रति आकर्षित हुनुभयो?
– बजारमा धेरै इमान्दार मान्छे भेटिँदैनन्। उहाँमा पनि केही अवगुण होलान् तर उहाँमा केही विशेष त्यस्ता गुण छन् जुन अरुमा मैले पाएको थिइनँ।
के रहेछ त प्रेम?
– एउटा सकारात्मक सन्देश, जसले हर समय सकारात्मक सोच्नका लागि उत्प्रेरित गर्छ। उहाँसँग परिचय भएपछि मैले आफूलाई अझ बलियो अनुभव गरेकी थिएँ।
के होलान् ती गुणहरु?
– इमान्दारितासँग सम्बन्धित छन्।
यो विवाहले अरु धेरैको मन त दुख्यो होला नि?
– सायद! मेरो फेसबुकमा, इमेलमा र कतिपयले व्यक्तिगत रुपमा पनि मैले यो दिनको आशै गरेको थिइनँ समय धेरै अगाडि बढेछ' भनेर कमेन्ट गरे। मलाई अचम्म लाग्यो।
त्यसको मतलब थुप्रै प्रेम प्रस्तावहरु आएका थिए?
– त्यो स्वभाविक हो, विवाहको योग्य उम्मेदवारका लागि प्रस्तावहरु आउनु सामान्य हो। तर कसलाई 'लिफ्ट' दिने भन्ने कुरा मुख्य हो।
विवाह निकै साधारण देखियो नि?
– हो, ५ मिनेटमा बिहेका सबै काम सिद्धियो। सबैले शुभकामना र बधाई दिनुभयो। तीन घण्टामा सबै कार्यक्रम सिद्धियो।
के रैछ बिहे?
– म त समाजशास्त्रको विद्यार्थी। यो एउटा सामाजिक संस्कार हो। मलाई एउटा सामाजिक पहिचानका रुपमा लिएका छन्।
विवाहपछि जिन्दगीमा कस्तो फरकपन अनुभव गर्नुभयो?
– अरु बढी जवाफदेहिता भए जस्तो लाग्छ तर त्यति धेरै परिवर्तन चाहिँ महसुस गरेको छैन। तर केही परिवर्तनहरु स्वभाविक हुन्छन्। किनकि नयाँ ठाउँमा गएँ, नयाँ सम्बन्ध स्थापित भए। त्यसले थप दायित्व बढाएको छ।
विवाहपछि रामकुमारी झाँक्रीको राजनीतिक भविष्य के हुन्छ?
– राजनीतिक रुपमा अगाडि बढ्नका लागि झन् एक जना गतिलो व्यक्तिको साथ पाएको छु। पहिले आफ्नो बारेमा निर्णय गर्न म एक्लै थिएँ। अब दुई जना भएका छौं। यसले मलाई अघि बढ्न झन् सजिलो होला भन्ने लागेको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग