Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकारकर्मीहरुद्वारा जेल अनुगमन

Published on 4:53:00 AM //


हीरा कुवँर


मानवअधिकारकर्मीहरूको एक टोलीले यही फागुन २३ गते जिल्ला कारागार शाखाको अनुगमन गरेको छ ।
२५ जनाको बन्दीक्षमता रहेको कारागारमा हाल ४६ जना बन्दीहरू रहेकोले आफूहरूलाई बसाइँमा समस्या भएको बन्दीका नाइके बुद्धिसागर बेलवासेले बताएका छन् । इन्सेक जिल्ला प्रतिनिधि हिरा कुँवरको नेतृत्वमा गएको टोलिले अनुगमनका क्रममा बन्दिहरुलाई मानव अधिकार सम्बन्धी बिभिन्न प्रकाशनहरु पनि बितरण गरेको थियो । 
यसैक्रममा १०० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला विकास कार्यालयको आयोजनामा फागुन २३ गते जिल्ला कारागारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पारिवारिक पुनर्स्थापन र सकारात्मक सोच विषयक अन्तरक्रिया कार्यक्रममा बन्दीहरू जेलबाट बाहिर गएपछि
समाज तथा परिवारमा पुनस्थापित भई गल्तीहरूलाई नदोहोराउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, महिला विकास अधिकृत जमुना पौडेल, जेलर कृष्णप्रसाद अधिकारी, इन्सेक प्रतिनिधी हीरा कुवँर लगायतले प्रशिक्षण दिएका थिए ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग