Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई गाविसमा खानेपानी समस्या

Published on 7:21:00 PM //

खानेपानी योजना मर्मत खर्च अभावमा गुल्मीको मुसिकोट र बडागाउँमा खानेपानी अभाव भएको छ । दस वर्षअघि गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजनाको झन्डै २ करोड ५० लाख लागतमा निर्माण भएको योजना अघिल्लो वर्षबाटै अलपत्र परेको हो । खानेपानी योजना अलपत्र परेपछि दुई गाविसका हजारभन्दा बढी उपभोक्ता समस्यामा परेका छन् । योजनाको धेरै ठाउँमा पाइप प'mुटेको र वषर्ाको बाढीपहिराले समेत ठाउँठाउँमा क्षति पुर्‍याएका ठाउँमा मर्मत गर्न नसकिएको उपभोक्ता समिति अध्यक्ष पृथबहादुर थापाले बताए । यी २ गाउँका उपभोक्ता खानेपानीका लागि कुवा र छिमेकी गाविस पुग्नुपर्ने बाध्यता रहेको छ । मर्मत सम्भारका लागि गत वर्ष नै खानेपानी कार्यालयले स्थलगत सर्भे गरेको भए पनि थप कुुनै पहल नभएको थापाको गुनासो छ ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग