बढ्यो घरेलुहिंसा
Published on
4:04:00 PM //
हिरा कुँवर
सरकारले स्थानीय स्तरसम्म न्यायको पहुँच नपुर्याउँदा घरेलु हिंसाका घटनामा वृद्धि भएको जिल्लाका हिंसापीडित महिलाहरूले ०६६ चैत १ गते सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा गुनासो गरेका छन् ।
दलित महिला संघ गुल्मीले "महिलाहिंसाको अन्त्यका लागि सरोकारवालाको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाभरका करिब ५० जना सहभागी पीडित महिलाहरूले आफूहरू न्यायिक तहसम्म आउने पहुँच र कानुनी शिक्षा नहुँदा हिंसा सहन बाध्य भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, अधिवक्ता भीम न्यौपाने, महिला विकास अधिकृत जमुना पौडेल लगायतले महिलाअधिकारको पक्षमा बनेका कानुनहरू व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा हिंसा बढ्दै गएको बताए । कमला बरालको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रम लाई कृष्ण विकले सञ्चालन गरेका थिए ।
0 प्रतिकृयाहरु