Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षक संगठनमा घिमिरे

Published on 4:31:00 PM //

अखिल नेपाल शिक्षक संगठनमा दशरथ घिमिरे अध्यक्षतामा ६१ सदस्यीय जिल्ला समिति निर्विरोध चयन भएको छ ।
पाँचौं जिल्ला अधिवेशनले निर्वाचित गरेका ६१ सदस्यमध्येबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । समिति उपाध्यक्षमा कृष्णराज ज्ञवाली, कृष्णबहादुर पाण्डे, इन्दिरा पराजुली, डेलराज खनाल, रामलाल अर्याल छन् । त्यस्तै सचिवमा राजु गौतम,सहसचिव लक्ष्मी खनाल र कोषाध्यक्षमा बाबुराम घिमिरे चयन भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनले कृष्णप्रसाद ज्ञवाली संयोजक रहेको ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जिल्लाका ५ सय ७६ शिक्षकको सहभागिता रहेको सचिव राजु गौतमले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग