Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा मोटर पुग्दा नाचगान

Published on 6:11:00 PM //

गगनशिला खड्का

 'हाम्रा पालामा केटी माग्न जाँदा बसेरी गाउँ भनेपछि खालीहात र्फकनुपथ्र्यो, कतिपटक त हाम्रा छोरीबेटी बिहे गर्न आएका जन्ती बीचबाटोबाटै फर्के, कारण थियो, न मोटरबाटो न खानेपानी । अब त गाउँमा मोटर आयो, बुहारी पाइने भो ।'
गाउँमा मोटर पुगेपछि गुल्मीको दुबीचौर बसेरीका बुढापाकाको भनाइ हो यो । सदरमुकाम तम्घाससँग जोडिएर पनि मोटरबाटो पुग्न नसकेको यो गाउँमा भर्खरै मोटर पुगेपछि गाउँमा निकै खुसियाली छाएको छ । ७९ वषर्ीया विष्णु बस्नेतले भनिन्, 'मोटरबाटो आयो साह्रै हषिर्त छु, म बाँचुन्जेल यसरी आँगनमा मोटर आउला भन्ने सोचेकी पनि थिइनँ । गाउँमा मोटर पुगेपछि स्थानीयवासीले बाजागाजासहित मोटरको स्वागत गरेका थिए । स्थानीयवासीसँगै गुल्मीका सभासद् चन्द्रबहादुर थापा सागर पनि छमछमी नाचे ।

पिठ्युँमा सामान ढुवानी गर्नुपर्ने बाध्यतामा बाँचेका सर्वसाधारणले गाउँमै मोटर पुगेपछि अबिरजात्रा गरेका हुन् ।
स्थानीय रामबहादुर बस्नेतले भने, 'सदरमुकामसँग जोडिएको भनेर के गर्नु, सिकिस्त बिरामी डोकोमा बोकेर उपचार गर्न लैजानुपर्ने बाध्यता थियो । अझ सुत्केरी त समयमा उपचार नपाउँदा अकाल मृत्युको सिकारसमेत हुने गरेका थिए ।'
मोटरबाटो उद्घाटन गर्दै नाचगानमा रमाइरहेका सभासद् सागरलाई स्थानीयवासीले अभिनन्दनसमेत गरेका छन् । सो क्रममा उनले विकास निर्माणका काममा राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए । 'राजनीतिक स्वार्थकै कारणले जनताले दुःख पाएका हुन्,' उनले भने । जिल्ला विकास समिति गुल्मी, दुबीचौर गाविस र जनश्रमदान गरी १४ लाख ९३ हजारको लागतमा तीन किलोमिटर मोटरबाटो निर्माण भएको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग