Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आजदेखी एस.एल.सी सुरु, लुम्बिनी अञ्चलबाट ४४ हजार, गुल्मीबाट छ हजारले परिक्षा दिदै

Published on 12:38:00 PM //


विद्यार्थीहरूको फलामे ढोका मानिने प्रवेशिका परीक्षा आजदेखि सुरू हुँदैछ । यस पटक ४ लाख ६६ हजार ३ सय परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ मध्ये १ लाख ९३ हजार ४९ छात्रा छन् । र एक्जाम्टेडतर्फ ४४ हजार १ सय २७ परीक्षार्थी छन् । परीक्षा केन्द्रमा एक-एक केन्द्राध्यक्ष, दुई हजार दुई सय ९८ सहायक केन्द्राध्यक्ष, १८ हजार २ सय ८१ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक चित्र देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी परीक्षालाई मर्यादित तुल्याउन १५ हजार ४ सय ८० सुरक्षाकर्मी खटाइएका छन् । त्यस्तै परीक्षा सहयोगी कर्मचारी ६ हजार ४ सय ८४ खटाइएका छन् ।
बिहान ८ बजे सुरू हुने परीक्षाका लागि १ हजार ५ सय ५० परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष परीक्षामा सबैभन्दा बढि काठमाण्डौमा ३२ हजार ३ सय ५० परीक्षार्थी रहेका छन् भने मनाङ्गमा सबैभन्दा कम ९१ परीक्षार्थी रहेका छन् ।


परीक्षा सञ्चालन गर्न करीब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  परीक्षालाई व्यस्थित बनाउन शिक्षा मन्त्रालयले १४ जना सहसचिवलाई १४    वटा अञ्चलमा अनुगमन गर्ने जिम्मा    दिएको छ ।
परीक्षामा विगत जस्तै यसवर्षपनि अपाङ्ग र नेत्रहिनलाई डेढ घण्टा समय बढी दिइएको छ । उनीहरुको परीक्षामा लेख्न सहारा दिन ८ कक्षा उत्तीर्ण मात्र राख्न पाउने व्यवस्था गरिएको छ ।

लुम्बिनी अञ्चलमा ४४ हजारले परीक्षा दिने
एसएलसी परीक्षाको लुम्विनी अंचलका ६ ओटै जिल्लामा  सम्पूर्ण तयारी पुरा भएको छ । विद्यार्थीहरूका लागि फलामे ढोका मानिने एस.एल.सी परीक्षामा यस बर्ष लुम्विनी अंचलमा ४३ हजार ९ सय ४२ जना परीक्षार्थी सहभागी हुँदैछन । ६ जिल्लामा तोकिएका १ सय ६८ परीक्षा केन्द्रमा  नियमिततर्फ ३८ हजार २ सय ४३ जना र एक्जाम्टेडतर्फ ५ हजार ६ सय ९९ सय जना परीक्षार्थीले परीक्षा दिने सम्वन्धित जिल्लाका  शिक्षा अधिकारीहरूले जनाएका छन । लुम्बिनीका ६ जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा बढी ११ हजार ४ सय  ३० जना परीक्षार्थी सामेल हुँदैछन ।
यता सबैभन्दा थोरै १९ परीक्षा केन्द्र रहेको कपिलबस्तुमा ४ हजार ६ सय २९ जना बिद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । पाल्पा जिल्लामा यसपाली एसएलसी दिने विद्यार्थीको संख्या विगतका बर्षमा भन्दा कमी रहेको छ । २५ वटा परीक्षा केन्द्र रहेको गुल्मीमा ६ हजार २ सय ५४ परीक्षार्थीले एसएलसी दिनेछन । त्यस्तै ३८ परीक्षा केन्द्र रहेको नवलपरासी जिल्लामा १० हजार ४ सय १० जना परीक्षार्थी सहभागी हुँदैछन । यस वर्ष प्रवेशिका परीक्षामा रूपन्देही जिल्लाबाट ११ हजार ४ सय ३० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
फलामे ढोका मानिने प्रवेशिका परीक्षामा रूपन्देहीबाट नियमिततर्फ१० हजार १ सय २७ र एक्जाम्टेडतर्फबाट १ हजार ३ सय ३ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । आजदेखि हुने परीक्षाका लागि जिल्लामा नियमिततर्फ ३६ र एक्जाम्टेडतर्फ ४ गरी ४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी राकेश श्रीवास्तवले बताउनुभयो ।
 जिल्लामा १ सय ९३ विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् । जसमा ९० सरकारी, १ सय २ वटा निजी तथा आवासीय र एक प्राइभेट विद्यालय रहेका छन् । रूपन्देहीको मणिग्राममा सञ्चालित शान्ति नमुना माध्यमिक विद्यालयबाट २ जना दृष्टिबिहीन छात्र र बहिरा बाल विद्यालयका ६ जना विद्यार्थीले पनि परीक्षा दिने भएका छन् ।
बाल बहिरा विद्यालयका ४ छात्र र २ जना छात्राले प्रवेशिका परीक्षामा सहभागिता जनाउने विद्यालय निरीक्षक चन्द्रबहादुर कु“वरले जानकारी दिनुभयो । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र परीक्षालाई मर्यादित एवं स्वच्छ वातावरणमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी श्रीवास्तवले बताउनुभयो ।
३ सय विद्यार्थीसम्म रहेको परीक्षा केन्द्रमा १ जना केन्द्राध्यक्ष र त्यो भन्दा बढी भएको केन्द्रमा २ जना केन्द्राध्यक्षको व्यवस्था मिलाइएको पनि जिल्ला शिक्षा कार्यालयले जनाएको छ । त्यस्तै २५ जना परीक्षार्थी बराबर एकजना निरीक्षक खटाइएको छ । एसएलसीको पहिलो दिन विद्यार्थीहरूले अंग्रेजी विषयको परीक्षा दिंदैछन् ।

गुल्मी जिल्लामा २५ केन्द्रमा छ हजारले दिने 
यस वर्षको एसएलसी परीक्षाका लागि जिल्ला शिक्षाले सदरमुकामसहित २५ केन्द्र निर्धारण गरेको छ । शिक्षाका अनुसार सदरमुकाम तम्घासमा ३ र सुरक्षाको राम्रो व्यवस्था भएका गाउँ क्षेत्रमा २२ गरी २५ केन्द्र तय गरिएको हो । यस वर्ष जिल्लामा नियमिततर्फ झन्डै ६ हजार विद्यार्थी एसएलसीमा सहभागी हुने शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए । परीक्षाका लागि आवश्यक तयारी पूरा भइरहेको उनले जनाए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग