Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनेमसंघकी नेत्री एसएलसी दिँदै

Published on 4:34:00 AM //

गगनशिला खड्का

अनेमसंघ -(क्रान्तिकारी)की केन्द्रीय सदस्य एवं मगरात राज्यसमिति सदस्य सिर्जना तरामु मगरलगायत आधा दर्जन माओवादी नेताले गुल्मीबाट एसएलसी परीक्षा दिइरहेका छन् । एसएलसीमा सिर्जनाका अलावा पाँचजना जिल्ला सदस्य सहभागी भएका छन् ।
अनेमसंघ क्रान्तिकारी गुल्मीकी पूर्वअध्यक्ष तथा माओवादी जिल्ला सदस्य गीता रिजाल बबिता, जिल्ला सदस्यहरू इन्द्रा कौशल र लीला कौशलले पनि एसएलसी दिइरहेका छन् ।
एक छोरा र एक छोरीकी आमासमेत रहेकी सिर्जना माओवादी मगरात राज्यसमितिका सदस्य युवराज केसीकी श्रीमती हुन् भने एक छोराकी आमा गीता पनि राज्यसमिति सदस्य अशोक थापाकी श्रीमती हुन् । आफूले ०५७ मा एसएलसी दिनुपर्ने भए पनि परीक्षाको वेला युद्धमा हिँडेकाले दिन नपाएको सिर्जनाले बताइन् ।
सिर्जना, गीता र लीलाले जिल्ला शिक्षा कार्यालयमा फारम भरी प्राइभेट परीक्षा दिएका हुन् भने अर्का एकजनाले गाउँको विद्यालयबाट नियमित फारम भरी परीक्षा दिन लागेका हुन् । 
उनीहरूबाहेक पूर्वमाओवादी कार्यकर्ता, पूर्वजनमुक्ति सेनाका सदस्य तथा स्थानीयस्तरका माओवादी कार्यकर्ता र दुईजना जनसेनाले पनि यस वर्ष गुल्मीबाट एसएलसी परीक्षा दिइरहेका छन् । परीक्षामा नेपाली सेनाका एक जवान र एक नेपाल प्रहरीका जवान पनि सहभागी छन् ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग