Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जडिबुटी संरक्षण र उत्पादनमा जुटे उपभोक्ता

Published on 12:59:00 PM //

घनश्याम गौतम
घर छेउका सामुदायिक वनमा सडेर घाँस दाउराका रूपमा खेर गइरहेका बहुमूल्य जडिबुटी संरक्षण तथा व्यावसायिक प्रयोगमा ल्याउन यहाँका उपभोक्ता कस्सिएका छन् ।
पाल्पाको दोभान गाविसका उपभोक्ताले तेजपात बिक्री गरेर प्रशस्त आम्दानी गरेका छन् । त्यो देखेका यहाँका उपभोक्ताले वषौर्ंदेखि घाँस दाउराको रूपमा खेर गइरहेका बहुमूल्य जडिबुटी संरक्षणमा लागेका हुन् । जिल्लामा सोमै -सुगन्धवाल), जटामसी, विषमा, कुटकी, मजिठो, पाषण वेद, तेजपात, चिराइतो, चौतारी, सुगन्ध कोकिला, कुरिलो, टिमुर, लोकता, अमला, बेलजस्ता सयौं प्रजातिका जडिबुटी पाइन्छ । तर तिनको उपयोगिताको लागि ज्ञान नहुँदा खेर जाने गरेका छन् । जिल्ला वनले यहाँका उपभोक्तालाई जडीबुटी संरक्षणका लागि पाल्पाको दोभानमा भ्रमण गराएपछि यहाँ पनि त्यसले प्रवेश पायो ।

जिल्ला वनका प्रमुख राजेन्द्रमानसिंह भण्डारीका अनुसार दोभान गाविसका बासिन्दाले घर छेउका ढिक, बारी, वन र खरबारीमा रहेका तेजपातका पात र बोक्रा बिक्री गरेर बर्सेनि लाखौं रकम आम्दानी गर्ने गरेका छन् । तर दोभानमा भन्दा महत्वपूर्ण यहाँका जडिबुटी त्यसै सडेर खेर गइरहेकाले उपभोक्तालाई स्थलगत भ्रमण गराएर संरक्षण र व्यावसायिक रूपमा अघि बढ्न प्रेरित गरिएको हो । यहाँका अधिकांश गाविस तेजपात, अमला, टिमुर, सजीवन, बेललगायत व्यावसायिक जडिबुटी खेतीका लागि उपयोगी रहेको भण्डारीले बताए । पाल्पाको भ्रमणपछि आफूहरू सिंगो गाउँलाई तेजपात र अमलाले चिनाउन लागेको अमरअर्वाथोकका हरिनारायण शर्माले बताए । 'अहिले तेजपात, अमला, बेललगायत ३५ हजार बिरुवासमेत रोपेका छौं,' शर्माले भने, 'गाउँमा पाइने जडीबुटीको संरक्षणसमेत सुरु गरेका छौं ।' अमरअर्वाथोक गाविसका ९० महिला सशक्तीकरण तथा आयआर्जन समूह गठन गरेर जडिबुटी संरक्षणमा जुटेका छन् ।

जिल्लामा १ लाख २५ हजार हेक्टरमध्ये ३२ हजार १ सय ४४ क्षेत्रफल जंगल क्षेत्रले ओगटेको भए पनि अहिलेसम्म खोटो, चौतारी र काठबाहेक अरू निकासी हुन सकेको छैन । वन कार्यालयले गत वर्ष जिल्लाका निजी र सामुदायिक वनमा गरेको अनुगमनपछि सयौं प्रजातिका महत्वपूर्ण, बहुउपयोगी र लोपोन्मुख जडिबुटी कृषकले खनेर फाल्ने, घाँस काट्ने, दाउरा बाल्ने गरेको थाहा पाएपछि तिनीहरूको पहिचान र कृषकलाई चेतना जगाएर संरक्षण गर्ने अभियानमा चासो देखाएको थियो ।

'जंगल सरसफाइ गर्ने नाममा थुप्रै जडीबुटी खेर फालिएछ', अर्जुनडाँडा साुमदायिक वनका अध्यक्ष माधवप्रसाद पन्थीले भने, 'वनले भ्रमण तथा तालिम प्रदान गरेर सचेत बनाएपछि संरक्षण अभियानमा लागेका छौं ।' आपmनो वनमा टिमुर, तेजपात, लोक्ता, सुगन्धकोकिला प्रसस्तै रहेको पन्थीले बताए ।

पछिल्लो चरणमा खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएकाले पनि त्यसको उपयोगिता गर्न जडिबुटी उत्पादनका क्षेत्रमा उपभोक्तालाई सचेत बनाउन लागिएको वनका रेञ्जर कर्ण पाण्डेले बताए । यहाँका जंगलमा फेला परेको मजिठो धेरै प्रकारका रोगहरूको उपचार र गलैचा रंगाउन बढी प्रयोग गरिन्छ ।

तस्बिरहरु: गूगल डट कम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग