Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किशोर मृत फेला

Published on 2:47:00 PM //

भारतबाट घर फर्किदै गरेका बडागाउँ ५, पेगाका १५ वषर्ीय तुलसी गन्धर्व अर्खले ६ डाँडाखर्कको भीरभन्दा तल मृत फेला परेका छन् । प्रहरीका अनुसार गन्धर्वको डाँडाखर्कको भीरबाट बिहान ५ बजे लडेर मृत्यु भएको हो । सँगै आएका काका सुमनले हिंड्ने क्रममा ढुङ्गामा उछिट्टएिर भीरबाट १ सय ५० मिटर तल भालु खोलामा पुगेको बताए । खोलामा टाउको ठोक्किएर गन्धर्वको मृत्यु भएको प्रहरीले जनाएको छ । आमाको मृत्यु भइसकेको र ११ बर्षको उमेरदेखि नै भारतमा रोजगारीका लागि गएका उनी दुई वर्षपछि बाबु भेट्न घर आएका थिए । घर आउन एक घन्टाको पैदल बाटोमात्र बाँकी हुँदा उनको लडेर मृत्यु भएको हो ।
कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग